
रास्वपाको निरन्तर छानबिन आयोग र गृहमन्त्रीको राजीनामाको माग, निरन्तर अवरोध, बहिस्कार तथा राप्रपाको हरेक बैठकको बहिष्कारका कारण सभामुखले जबरजस्ती चलाउन खोजेको संसद अधिवेशनमा प्रधानमन्त्रीले समेत बोल्न नपाउने अवस्था सिर्जना भएको छ । तैपनि सभामुख देवराज घिमिरे संसद चलेको छ भन्छन् ।
गृहमन्त्री रमेश लेखकका कारणले गर्दा संसदमा समस्या बढ्दै गएका छन् । संसदमै बजेट समेत च्यातिएका छन् ।
सभामुख एमाले नेताकै रुपमा देखिएकाले प्रधानमन्त्रीको गायत्री मन्त्र सुनेर संसद चले चलाएको जस्तो देखिन्छ । गत शुक्रवार पनि संसद बैठक चल्न सकेन ।
भिजिट भिसा प्रकरण यसरी उर्लिएको छ कि संसदमा मात्र होइन, सरकारमै पहिरो जाने खतरा बढेको देखिन्छ ।
अब गृहमन्त्रीको राजीनामा र भिजिट भिसाको न्यायिक छानबिन नभई संसद चल्नसक्ने देखिदैन । रास्वपाका सांसद कहिले निलो रिवन त कहिले कालो कोट लगाएर बिरोध चर्काउँदै गएका छन् ।
यसैवीच शुक्रवार कांग्रस सभापति शेरबहादुर देउवाले आफ्ना ९ मध्ये ७ मन्त्रीलाई फिर्ता बोलाउने संकेत गर्दै साउनसम्मको म्याद दिएका छन् ।
कांग्रेसी सचेतकले रास्वपालाई निस्कासन गर्न अनुरोध गरे पनि सभामुखले त्यो हिम्मत राखेनन् । अबको निकास भनेकै वार्ता, सहमति र छानबिन आयोग नै हो ।