Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

दशा हटाउने संकटा मन्दिर आफै संकटमा

११ बुधबार , असार २०८२६ दिन अगाडि

दशा हटाउने संकटा मन्दिर आफै संकटमा

क्षितिज सर्गम-------------
काठमाडौँको टेबहालस्थित संकटा मन्दिर चर्चित छ । 
यो मन्दिर नयाँ सडकस्थित नेपाल वायुसेवा निगम कार्यालय पछाडिको गल्लीमा पर्दछ ।
यस मन्दिरमा विशेष गरी शनिवार तथा दश‌ँको बेला ठूलो भीड लाग्ने गर्दछ ।
सदाको झैं हिजो शनिवार बिहान पनि भक्तजनहरुको भीड उस्तै थियो । संकटा गएपछि शनिश्चरको दशा शान्त हुने भक्तजनहरुको विश्वास छ।
बिहान ७ बजेदेखि नै भक्तजनहरुको भीड लाग्ने उक्त मन्दिरमा वरिपरि  फूल, प्रसाद बेच्नेको पनि लस्कर थियो ।
बिहानै ५ सयभन्दा बढी भक्तजन पूजाको लागि लाइनमा बसिसकेका थिए। सूर्य उदय भइसके पनि मन्दिरमा घामको किरण भने परेको थिएन । चिसो सिरेटो चलिरहेको थियो । सबै भक्तजन अग्ला घरको छेउबाट लाइन बसेका थिए। 
लाइन लागेका केही  भक्तचाहिँ घरको छततिर हेर्दै भनिरहेका थिए -आबुइ १ कति अग्लो घर बाइ, भूकम्प आयो भने के होला रु दशा फाल्न आएको संकटामा,यही घरले संकट ल्याइदिने डर,हेर त कस्तो चर्किएको रहेछ,छत नै कोल्टे परेको जस्तो देखिन्छ ।उता सर कान्छी उता, डर लाग्यो मलाई, कति अग्लो घर ?
भक्तजनहरुको आवाजले पच्छ्याएपछि हामी सोही स्थानमा 
पुग्यौँ,नभन्दै टेबहालको खोँचमा थियो संकटा मन्दिर ।
मन्दिर छेउको एउटा घरको छत भने पुरै कोल्टे थियो ।त्यही घरमा पनि अनेक कम्पनी र संघ संस्थाका अफिसको बोर्ड ।
दुई  घण्टा लाइनमा बस्न त भक्तजनहरु डराउँछन्, तपाईहरुलाई डर लाग्दैन र? भन्ने प्रश्नमा स्थानीयको जवाफ थियो, डर हराइसक्यो ।
वरिपरिका गगनचुम्बी घरहरुले बिहानको सूर्य उदय साथै मन्दिरको सौन्दर्य पनि छेकिरहेको थियो।  तर, एक्कासी कुनै बिपत्ति आइपर्यो भने बस्ति नै सधैंको लागि नछेकिएला भन्न सकिन्न ।
बस्ति बस्तिमा डोजर लिएर पुग्ने काठमाण्डौ महानगरको नेतृत्वलाई संकटा मन्दिर वरिपरिको गगनचुम्बी भवनहरुले गिज्याइरहे झैं लाग्छ ।