Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

माधव नेपाललाई ३५ लाख धरौटी

१२ बिहिबार , असार २०८२८ महिना अगाडि

माधव नेपाललाई ३५ लाख धरौटी

बरिष्ठ अधिबक्ता शम्भु थापाका साथै झण्डै डेढसय अधिवक्ताहरुको जुलुसै पूर्व प्रधानमन्त्री माधव नेपालको पक्षमा वकालत गर्न पुगे पनि अदालतले पतञ्जली जग्गा प्रकरणमा धरौटीमा मात्र छाडेको छ ।
पूर्व प्रम माधवकुमार नेपाल पतञ्जली भ्रष्टाचारमा ३५ लाख धरौटी बुझाएर छुटेका छन् । उनलाई जेल हुन्छ भन्ने धेरैले लख काटेका थिए । साउन १३ को यो घटनाले राजनीतिक र कूटनीतिक बृत्तमा समेत चर्चा बढेको छ ।
अदालतले पछि ठहरेअनुसार हुने आदेश दिएको छ । माधव नेपाललाई थुनछेक बहसमा अदालतको आदेशले ठूलै राहत दिएको छ । एमाले अध्यक्ष ओलीले फसाउन खोजेको, फसाउन नसकेको र भ्रष्टाचार नगरेको दावी माधव नेपाल र उनका पक्षले हल्ला गरिरहेका छन् । अख्तियारले मुद्दा दायर गरेपछिको यो घटनाक्रम भएको हो ।
विशेष अदालतका न्यायमूर्ति तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा हेरेका थिए ।
मन्त्रिपरिषद्को निर्णयका आधारमा हदबन्दी छुटको जग्गा सट्टापट्टा र किनबेच भएको भन्दै मन्त्रिपरिषद्को अध्यक्षता गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई साधारण तारिखमा छाड्न इन्कार गरेको छ । यसको अर्थ अदालतले भ्रष्टाचार भएकोमा मुद्दा विचाराधीन राखेको हो । आधारातमा बैंक ग्यारेण्टी राखेर माधव नेपाल घर हिडेका थिए । आधारातमा बैंक ग्यारेण्टी, शक्ति भएपछि जुनसुकै बेला बैंक उपलब्ध हुने पनि देखिएको छ ।