Advertisement Banner
Advertisement Banner

०१ शनिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

पूर्वराजा र कांग्रेस मिल्नुपर्‍यो

१९ सोमबार , माघ २०७११२ बर्ष अगाडि

रोशन कार्की
'राष्ट्रियता र प्रजातन्त्र जोगाउन पूर्वराजा र कांग्रेस मिल्नुपर्छ।' हिन्दूराष्ट्र अभियानका अभियन्ता बनेर देशव्यापी जागरण गर्दै हिडेका कांग्रेसी नेता खुमबहादुर खड्काले यो आह्वान

गरेका हुन्। पूर्वराजा र कांग्रेस मिल्नुपर्छ भनेर कुनै कांग्रेसीले मुख फोडेरै बोलेको यो पहिलो अवसर हो। वीपी मेमोरियल स्टुडेन्ट फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा

खुमबहादुर खड्काले कड्किएर भने– राष्ट्रियता संकटमा छ, राष्ट्रियता बचाउनका लागि कांग्रेसले पूर्वराजा ज्ञानेन्द्रसँग मिल्नैपर्छ। राष्ट्रियता बचाउने एकमात्र बिकल्प हो यो।

कांग्रेसले पूर्वराजासँग सहकार्य गर्दा कांग्रेस र देशलाई नै हितकर हुनेछ। कांग्रेस राष्ट्रियताका सवालमा गम्भीर छैन। कम्युनिष्टसँग अनावश्यक साँठगाँठ गरेका कारण कांग्रेसले

वैचारिक पहिचान गुमाउँदै गएको छ। त्यो पहिचान फिर्ता ल्याउन पनि पूर्वराजासँग सहकार्य गर्नैपर्छ। यसै भने खुमबहादुर खड्काले। यस अघि 'हिन्दू गणतन्त्र' भन्ने खड्का अव

हिन्दू र राजतन्त्रको अभियानमा उत्रेका छन्।
पूर्वराजा 'जनताले खोजे म यहीँ छु' भन्ने बाहेक राजनीतिमा आउन पाइला चालिरहेका छैनन्। आज पनि चितवन हुँदै झापा पुगेका पूर्वराजा जनतासँग भेटघाटमात्र गरिरहेका छन्।

जनतले 'राजा आउ देश बचाउ' भन्ने नारा लगाइरहेका छन् र पूर्वराजा सुनिरहन्छन्। आखिर किन पूर्वराजा देशको यो गाईजात्रालाई टुलुटुलु हेरेर बसिरहेछन्? यसको रहस्य के

हो? पहिले म हेरेर बस्दिन भन्थे, अहिले हेरेर मात्र चित्त कुढाइरहेछन्।  त्यो दिक्दारीलाई उत्साहमा परिणत गरिदिन कांग्रेसभित्रबाट खुमबहादुर खड्का, हरिबोल भट्टराई, कुमार

रेग्मीहरु निस्केका छन्। थुप्रै वीपीवादीहरु सतहमा सलबलाउन थालेका छन्। सबैको मत मिलेको छ– कम्युनिष्टसँग घाँटी जोड्दा गल्ती भयो। गल्ती गिरिजाप्रसादले गरेका थिए

र त्यसको दण्ड कांग्रेसले लामो समय सडकमा छटपटिएर बस्नुपर्‍यो। अव सत्तामा छ, शक्तिशाली छ, यही बेलामा खुमबहादुर खड्काको अगुवाईमा नेपाली कांग्रेस 'प्रचण्डपथ'

सच्याएर वीपीपथमा अग्रसर हुन लागेको त होइन? यदि कांग्रेस सच्चियो भने नेपाल र नेपालीले कम्युनिष्टको रक्तपात कहिल्यै भोग्नु, देख्नुपर्ने छैन। सच्चिएला त कांग्रेस?

खुमबहादुर खड्काहरुले पूर्वराजा र कांग्रेसवीच चुँडिएको धागो गाँठो पार्न सक्लान् त? यो अभियान त्यसबेला सुरु भएको छ, जतिबेला कांग्रेसभित्र कोइराला राजको अन्त्य हुने हुने

बेला भइरहेको छ। यही बेला वीपीवादको पुनर्स्थापन भइहाल्ला कि?