
एमाले सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको विषयमा चर्चा भएको छ । विद्या राजनीतिमा आउलिन् त ? विद्या भण्डारीमाथि अध्यक्ष तथा प्रम ओलीले निगरानी बढाएको भनिन्छ । भण्डारीमाथिको भण्डारीमाथिको नजरले विद्या भण्डारीको हिम्मत बढेको भनिदैछ ।
एमालेको विधान महाधिवेशन भदौ तेस्रो साता बस्दैछ । यो महाधिवेशनले मस्यौदा लेखनमात्र होइन, उमेर हदमा समेत निर्णय लिने भनिदैछ । मिसन ०८४ का सम्बन्धमा पार्टीको लाइनसमेत क्लियर गर्नेछ ।
प्रम ओलीले एकदिन अघि विद्या भण्डारीलाई बालुवाटार बोलाएरै डेढ घण्टा छलफल गरेका थिए । अझै विद्या भण्डारीले सकृय राजनीतिमा आउने नआउने यकिन छैन । यद्यपि विद्या भण्डारी ओलीपछिको पार्टी अध्यक्ष बन्ने संकेत भने गरेकी छिन् ।
प्रम ओलीको टिप्पणी छ, राजनीतिमा आउँछु भनेको सुन्छु, कुन पदमा आउने भनेको थाहा छैन । राष्ट्रपति बनिसकेको व्यक्ति पार्टी अध्यक्षमै आउने होला ? यसकारण एमालेभित्र विद्या भण्डारी चर्चाको मुख्य पात्र बनेकी छिन् ।
अर्को एक कार्यकाल आफैले चलाउन खोजेका केपी ओली विद्या आउने हो कि प्रतिस्पर्धा गर्न भनेर झस्केको बुझ्न सकिन्छ । नेता कार्यकर्ताको मनस्थिति बुझ्न अध्यक्ष ओलीले विद्या भण्डारीको प्रसङ्ग उठाउने गर्छन्, तर कसैले खुलेर बहस नगर्नुले पनि ओलीभित्र हडबढी बढेको अनुमान गर्न सकिन्छ । विद्या भण्डारी झापा, मोरङदेखि अनेक जिल्लामा पार्टी कार्यक्रममा सहभागी भइरहनुले पनि ओलीलाई छटपटी बढाएको छ । विद्या सकृय राजनीतिमा आउने पूर्व संकेतजस्तो देखिदैछ ।
असार १४गते मदन भण्डारीको ७४औं जन्मजयन्ती हो, कतै यही दिन विद्या भण्डारीले सकृय राजनीतिको घोषणा गर्ने त होइन ? एमाले र राजनीतिक क्षेत्रमा उत्सुकता बढेको छ । यसपल्ट जन्मजयन्ती विशेष हुने प्रचार भइरहेको छ । विद्याको कार्यक्रममा ओलीका नेता कार्यकर्तालाई सहभागी नहुन पहिले र पछि पनि निर्देश भइरहेको छ । यसबाट ओली र विद्या प्रतिस्पर्धामा उत्रिसकेको अर्थमा पनि हेरिएको छ ।