Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

हतियार खरिदमा कमिसनकै हल्लाखल्ला

१३ शुक्रबार , असार २०८२४ दिन अगाडि

हतियार खरिदमा कमिसनकै हल्लाखल्ला

बालकुमारी, तीनकुनेदेखि माइतीघरसम्मका ठूला ठूला राजतन्त्रवादकिो प्रदर्शनमा प्रहरीले घातक हतियार प्रयोग गरेको मात्र होइन, म्याद नाघेका टियरग्यास हानेको सम्मका आरोप छन् । न्यायिक छानबिन नभएकाले सरकारले कति घातक हतियार प्रयोग भए, एसएलआर र इन्सास किन प्रयोग गरियो, गैरघातक हतियारमात्र किन प्रयोग गरिएनन् भन्ने प्रश्न उठिरहेका बेलामा गैरघातक हतियार किनिए भएपछि कमिशनको ठूलै हल्लाखल्ला भइरहेको सुनिन्छ ।
नेपाल प्रहरीका आइजीपी दीपक थापा अनेक कारणले विवादमा तानिएका थिए । स्रोत भन्छ–०७८ पछि गैरघातक हतियार किनिएको थिएन । प्रदर्शनमा प्रयोग गर्न र तालिमका लागि पनि हतियार आवश्यक छ, किन्न जरुरी छ । युएन मिसनमा जाने तालिम अथवा भिआइपी सुरक्षाका लागि समेत हतियारको कमी भइरहेको छ । ११ सय विशिष्टलाई पिएसओ खटाइएको छ, तिनका लागि समेत पेस्तोलको कमी भइसकेको छ । सेनासँग हतियार सापटी मागेर चुनावदेखि दैनिकी चलाउन अब मुस्किल परिसकेको छ । राइफल, २५ हजार अश्रुग्याँस, ११५० फोल्डिङ सर्ट गन र १० लाख प्लास्टिकको गोली खरिद गर्न खोज्दा पनि बजेट अभाव भयो, कमिशन एजेण्टले फेजआउट भएका हतियार भिडाउने साजिस पनि चलेकै थियो । एक अधिकृत भन्छन्– हतियार किन्नैपर्छ । किन्दा प्रहरीलाई कुन किसिमका हतियार चाहिने हो, प्रहरीले नै निर्णय गर्नुपर्छ । विचौलियालाई निर्णयमा प्रभाव पार्न दिनुहुन्न । जीटुजी माध्यमबाट हतियार खरिद गरे विवाद हुँदैन ।
बिगतमा धेरैजना आइजीपी कमिशन काण्डमा फसेको इतिहोस नदोहोरियोस्, यसमा सुरक्षा निकाय चनाखो हुनैपर्छ ।