
नेपालको भू राजनीतिमा खास गरेर पछिल्लो अबस्थामा २०६२-६३को जनान्दोलनपछिको यो करिव १८वर्ष बिचको अवस्थालाई मुल्याङ्कनगर्दा एउटा कुरा के प्रष्ट देखिन्छ भने व्याबहारिक पक्ष सबैको एउटै ( एउटै जस्तो छ। तर व्यवहारमा मिल्दाजुल्दा नेपाली राजैतिक अबस्था नैतिक रूपमा धेरै फरक छन्।
अब नीतिगत रूपमा अध्यायन गर्नेहो भने यी सबै पार्टीहरूको छुट्टाछुट्टै रणनीतिहरू ,सिध्दान्त भएको देखाउँछन्। यिनैको व्यवहारलाई हेर्दा मिल्दाजुल्दा एकनासका देखिन्छन् केही साना दललाई छाडेर उनिहरूको कार्यनीति, व्यवहार र उदेश्यमा पनि खासै फर्क देखिदैन।बरू हामि लमो समयसम्म संगठनमा आबद्ध भएर काम गरेकालाई पनि छुट्टाउँनै गारो हुन्छ।सर्वसाधारणले कसरी छुट्याउँन सक्छन् ?
एउटा झण्डा र उनिहरूको बिधान, नारा आदिबाट छुट्टिन्छन् तर आचरण, उदेश्य उनिहरूको व्यवहारले एक आर्काको नजिक पुराइदिएको छ। ब्यार्थैमा एमाले, कांग्रेस, एमाओवादी अर्थात रा स्वापा लगायतका कयौँ पार्टीहरूले एउटै पार्टी बनाएपनि खासै फर्क नपर्ला।
हाम्रो देशमा मालेमा बिचारधारालाई जस्ताको तस्तै अप्नाउँन खोज्छौँ भने हामि यो समाजबाट बहिस्कृत हुने बाहेक अरू उपलब्दी हुनेवाला छैन। अब त्यो सिद्धान्त मात्र हात्थिको देखाउने दाँत भएको छ। किन की कार्यन्वयन् नै हुँदैन भने सिद्दान्तको के काम।
अहिले ठुला दलहरू सबैको उदेश्य भनेको सरकारमा पुग्ने हो। त्यसको लागि जो सँग पनि एकता गर्न सक्छन्। बर्गिय बिचार उनिहरूकालाई झ्याउ भएको छ। जुनसुकै बर्गसँग मिलेर पनि उनिहरू सरकारमा पुग्ने र यही व्यवस्थामा मनपरि गर्ने रम्ने हो।चाहे उनिहरूका कार्यक्रता क्रान्ति र आमूल परिर्तनका धाग लगाउँन वा आपसमा मारामार गरून् त्यो जनतालाई गुमराह गर्ने व्यवहार मात्र बनेको छ ।
पानी धमुलेर माछामार्ने काइदा उनिहरूले जानेका हुन्छन्। ठुला भनौदा दलहरूको देश र जनता पर्तिको खासै चासो देखिदैन। सत्तामा कसरी जाने कसलाई पठाउँने र कुन देश सँग आफ्नो मित्रता गाँसने ,कमिसन कहाँबाट आउँछ त्यही घाटा नाफा उनिहरूको चिन्ताको बिषय बनेको हुन्छ।अहिको बतासको बहाव कुन दिशातिर छ अनि त्यसको फाइदा उठाएर सिखरमा कसरी पुग्नसकिन्छ।
एउटा दलको मात्र सरकार बन्न सक्ने अबस्था छैन्।उनिहरू सबैलाई थाहा छ हामिले देश र जनताको हितमा काम गर्न सकेकाछैनौँ। देशको विकास शून्य छ,देश ऋणमा चुर्लुम्म डुबेको छ। सडकहरूको अबस्था चिन्ताजनक छ,उत्पादन साउँरिदै गएको छ,विदेशीहरूले ऋण पताउँन छाडिसकेका छन्।सहकारी घोटाला, भुटानी सरणार्थी घोटाला, घोटालै घोटालाले भरिएको देश बनेको छ।खर्च थेग्नसक्ने देशको हैशियत नै छैन कुनै आयश्रोत छैन।सङ्घीयतामा देशलाई अंझै कही वर्ष लतार्नु छ। किनभने परदेशमा आ आफ्ना प्रतिनिधिलाई अलमलाउँने ठाउँ पाएकै छन्।
त्यो खारेज गर्न अब कठिन देखेकाछन्। यद्यपि सङ्घीयताले गणतन्त्रको सम्रचना उथलपुथल पारिसकेको छ। पिलरहरू डगमगाएकाछन् सङ्घीयता खारेजी अहिलेको आवस्याकता पनि प्रमुख हो।
जनताले हामिलाई पताउँनेवाला पनि छैनन्। अब कसको पुच्छर छोपेर बैतरणी तर्न सकिन्छ रु यही चिन्ता अहिलेका ठुला-ठुला भनौदा दलहरूमा छ।
चुनावको सेरोफेरोमा आउँदा अब जीत हुनेवाला छैन के कस्तो सम्झौता गरेर पार्टीहरू सँग एकता गर्ने र? अब अपबित्र गठबन्धन् गर्दा के के बहाना बनाएपछि जनताले पताउँछन् ? जता बजेट पुग्यो त्यता त आ आफ्ना जुँगा बटार्दै भोट पनि माग्लान । तर अनेन्त्र कुन बहानाम भोट माग्न जाने रु देशलाई खतरा छ भन्ने की,प्रतिगमन हैबी भयो भन्ने की, अन्तररष्ट्रि संधी सम्झौताहरूको बिरोध गर्ने की। अथवा बंदुकको धाग लगाएर जङ्गल पसने व़ारगेनिङ्ग गरेर पो हुन्छ की । क्रान्तिकारी गफ लगाउँदा पनि जनताले उल्टै लोप्पा धनस्ने पो हुन की ?
यी र यस्ता यावत जुगाडहरूको खोजिमा राजनैतिक छलफल चल्ने छ।
त्यो मात्र होइन कुनै जेलमा बसेको ,फसेको अपराधीको बाहिर कत्तिको प्रभाव छ, उसलाई कसरी कुन बहानामा बाहिर निकाल्ने। निकालिसकेपछि त्यसको उपयोग कसरि गर्ने ?
यस्तै चिन्तन्हरू उनिहरूको मष्तिकमा चलिरहेका हुन्छन्।गणतन्त्र आफैमा नराम्रो होइन तर गणतन्त्रलाई राजनैतिक पार्टीहरूका धेरैजसो नेताहरूले बद्नाम गरेका छन्।
हामि आ आफ्नो पार्टीको उदेश्य नीति लिएर जनतामा जाने र जनताले छानेका प्रतिनिधिहरू बसेर देश र जनताको हितको लागि योजना बनाउँनु पर्ने हो।
यहाँ त जनतामा आतङ्क फैलाएर, उनिहरूलाई मारेर भएपनि आफुले संसद, सरकर नछाड्ने त्यसको लागि गुण्डा सँग पनि एकता गर्ने, अपराधी सँगपनि एकता गर्ने ।अनि कसलाई हराउँनको लागि हामि लडेका हुन्छौ रु चुनावमा यति ठुलो खर्च गरेर उनैसँग तालमेल गठबन्धन् गर्नैपर्छ भने यो चुनावको तमासा किन गरिन्छ र?
समानुपातीकको नाउँमा हारेका काम नलाग्ने जननताले रिजेक्ट गरेका अपराधी जञ्य ब्यक्तिहरू समेतलाई पार्टीले संसद र सरकार समेतमा पुराइदिन्छन्। अनि कसरी देश र जनताको हित हुँन्छर, देशभित्र शान्ति बहालीका कुराहरू गरेर देशमा शान्ति, सुव्यवस्था आउँछ की रुव्यवहारले ल्याउँने हो रुयसको बारेमा संबन्धित् पक्षले व्यापक छानबिन गर्नुपर्ने देखिन्छ।
आफुलाई ठुला पार्टी भनेर चिनाउँन सफल भएका पार्टीमा कती भ्रष्टाचारी घुसेका रहिछन्,कति अपराधी घुस्न सफल भएकारहिछन् भन्नेबारे जग जाहेर छ।सुन तस्कर ,मानव तस्कार ,भ्रष्टाचारि उनै ठुला पार्टीका छतको छायाँमा आफुलाई शुरक्षित राखेका छन्।त्यो मात्र होइन अहिले त उनिहरूलाई दुधले धोएर सफा गराएर जेल परेका पनि आ आफ्नो ठेकानामा पुगि सकेका छन्।
यो पुँजिवादी साशन व्यवस्था आफैमा अपराधी प्रमाणित भएको छ।उनैले बढी पुजा पाठ गर्छन्, मन्दीरमा दान पुन्य गर्छन् घरमा सप्ताह लगाउँछन् ,पैसा कमउँने श्रोतको रूपमा महाँज्ञा सुरू गर्छन्।जसले अपराध गरेका छन् भ्रष्टाचार गरेकाछन्।यस्ता पापीहरूले अरूलाई नसियत दिन्छन् पाप धर्मको ।
यस्तो छ आजको सामाजिक राजनैतिक जगत।जहाँ सय जना अपराधी हुन्छन् एकजना साधुलाई उनिहरूले अपराधी बनाइदिन्छन्। किन की दुइतिहाई बहुमत अपराधी भएपछि निर्दोशलाई अपराधी प्रमाणित गर्न के समस्या पर्छ रु
जसलाई अदालतले दोषी करार गर्यो सबै प्रमाण सहित उसैलाई आर्को अदालतले सफाई दियो। यस्तो देशको अबस्था मा मदन भण्डारी,निर्मला,राजदरबार आदिका हत्यारा पत्ता लाग्ने त कुरै भएन।
अनि छानबिन कमिटि बनाउँदै उनै अपराधीलाई जोगाउँन अरू राज्यको ढुकुटी रित्ताइदिन्छन्।अहिल दुई कार्यकाल पुरा गरेर स(समान् देशको सुबिधामा बसेकी पूर्व राष्ट्रपति विध्यादेवी भण्डारी भन्छिन् अब सक्रिय राजनीतिमा आउँछु के यसतो पनि हुनसक्छ र ? हाम्रो देशभित्र भएरै छाड्यो।
एउटा सरकारी कर्मचारीले चुनावमा भाग लिन्छ भने उसले नोकरीबाट लिएको सुबिधा र गर्दै आएको नोकरीबाट राजिनामा दिने प्राबधान् छ। दुई पटक सम्म देशको सर्वोच्च अङ्गमा बसेको देशको राष्ट्रपति कुनै एउटा पार्टीको नेता बनेर राजनीति गर्ने संविधानले पनि छुट दिएको रहिछ भने मेरो केही भन्नु छैन। त्यो संविधानमा छलफलको बिषय हुनसक्छ।सम्विधानबिदहरूले अवश्य प्रतिकृया दिनेनैछन्।
होइन पुँजिवादी गणतन्त्रकै पनि कुनै नियम होला जसको जे मनलाग्छ त्यही गर्ने छुट त निश्चितरूपमा हुँदैन होला।
हामि देशभित्रका राजनैतिक पार्टीहरू यसबारेमा सजग हुनैपर्छ भन्ने हामिलाई लाग्छ।
कसैले खुलेआम संसदको रोष्ट्रमबाटै देशलाई लिजमा दिउँ भन्ने बिचार राख्छन्।यद्यपि उन्को त्यो बिचार आक्रोशको उबज हो।तर आफुलाई रिस उठ्यो भन्दैमा यस्ता कुतर्क राख्न त मिल्दैन। कम्तिमा एउटा मान्ननियले आफ्नो बिचार राख्दा केही मरियादाको पालना पनि गर्नुपर्छ। बजेट मिलेन भन्दैमा कुटाकुट गर्ने होकी देशमा आवस्याकता कहाँ बढी छ भनेर मैत्रिपूर्ण सुझाव दिने हो रु यसरी राजनैतिक पार्टीका नेता अमरियादित् बन्दैजाँदा देश कहाँ पुग्ला रु यसको बारेमा निदार खुम्चाएर सोंचौ त ।
अहिले फलानो पार्टी ठिक छैन हाम्रो ठिक छ भन्दै पार्टीमा प्रवेश गराउँनेहरू उनैसङ्ग बिभिन्न बहाना बनाई पार्टी एकता वा चुनावी गठ्बन्धन् गर्न पुग्छन्। यत्ती मात्र कहा होर जसलाई हराउन चुनावमा उत्रिएका हुन्छन्,कार्यक्रता आपसमा लडाएका हुन्छन् उनैसङ्ग सरकार बनाउँन समेत तैयार हुन्छन्।बहाना यिनिहरूलाई रेडिमैन्ट छंदै छ।प्रतिगमन,विदेशी हस्तक्षेप आदि भुनाउनपनि सजिलो हुन्छ।यो चालाले देशलाई साच्चै भन्नुपर्दा प्रतिगमनको नजिक पुराउदै लगेको छ र विदेशी हश्तक्षेपपनि बढ्दै जाने छ। यो कम्जोरी गणतन्त्र पछि गणतान्त्रिक शक्तिहरूको राजनीति अदुरदर्शियता र भनाई र गराई बिचको प्रखालले तथा पदलोलुप्ता र क्यारिरिष्टले गर्दा नै हुनपुग्यो।अब समय आएको छ आ(आफ्नो आचरणलाई सुधार गर्नुपर्द छ।यो भनाई र गराईको प्रखाललाई ढाल्नु पर्यो। आफुले आफैलाई खंगाल्नु पर्यो।