Advertisement Banner
Advertisement Banner

०४ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

संसदमै कीर्ते काम, सांसद जिल्लाराम

१९ बिहिबार , असार २०८२६ महिना अगाडि

संसदमै कीर्ते काम, सांसद जिल्लाराम

संसदमा एउटा प्रस्ताव पास गर्ने, पास भएको प्रस्ताव थन्क्याएर अर्के प्रस्तावमा सहीछाप गराएको मात्र होइन, सर्वसम्मतिबाट पास गराउँदा पनि सांसदहरुले थाहा नभएको घटनाले संसदमै कीर्ते काम, सांसद जिल्लाराम भएको घटना घटेको छ ।
कुलिङ पिरियडको कीर्ते कामले संसद, सडक, सरकार सर्वत्र चर्चा पाइरहेको छ । राज्यव्यवस्था समितिका सभापति कांग्रेसका रामहरि खतिवडा छन्, उनले रास्वपामाथि खनिदाखनिदै कीर्ते काम आफैले गर्न पुगेका कारण कांग्रेस पार्टीकै आलोचना भइरहेको छ । सभामुखले संसदबाट पारित कीर्ते प्रस्ताव राष्ट्रिय सभामा पेश भइसकेको र त्यसलाई सच्याउन परामर्श थालेको समाचार छ ।
संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियडका विषयमा पारित प्रस्तावमै चलखेल र कीर्ते गरिएको यो प्रकरणले संसदमात्र होइन, नेपालको गणतन्त्र नै कलंकित बन्न पुगेको छ । यस विषयमा सांसदले सभापति देखाउने, सभापतिले सभामुखलाई छानबिनका लागि गुहार्ने, कानुन र सामान्य प्रशासनले जिम्मेवारी नलिंदा गम्भीर प्रकृतिको षडयन्त्रको गन्धले सिंगो संसद दुर्गन्धित बन्नपुगेको छ ।
समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुपर्ने, सचिवले हट्नुपर्ने माग सत्तारुढ एमालेका महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामुकमार घिमिरे, माओवादी केन्द्र सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका साँसदहरुले माग गरेका छन् । सभामुख देवराज घिमिरे सामसुम पार्न र सच्याउन परामर्शमा जुटेका छन् ।