Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, असार २०८२16th June 2025, 6:20:04 am

नाउपा संघ र प्रदेश सरकारबाट बाहिरिने

२० शुक्रबार , असार २०८२६ घण्टा अगाडि

नाउपा संघ र प्रदेश सरकारबाट बाहिरिने

नागरिक उन्मुक्ति पार्टी (नाउपा) संघ र प्रदेश सरकारबाट बाहिरिने तयारी गरेकाे छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै चिढिएकाे नाउपाले दुवै सरकारबाट बाहिरिने निर्णय गरेकाे हाे ।

नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिएर आजदेखि प्रतिपक्षीको बेन्चमा बस्ने छ । पार्टीकाे हिँजाे साँझ बसेको बैठकले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हाे । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार प्रतिनिधिसभासहित सबै प्रदेश सभामा आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराएर प्रतिपक्षको कित्तामा बस्ने बताइएकाे छ ।

अध्यक्ष श्रेष्ठले मन्त्री हटाउनुअघि आफूहरुसँग कुनै छलफल नगरेकाले कांग्रेस सम्बद्ध गठबन्धन र सरकारमा रहिरहन उपयुक्त नभएकाे बताउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाे बताइएकाे छ भने अहिले संघीय सरकारमा उन्मुक्तिबाट अरुणकुमार चौधरी पर्यटन राज्यमन्त्री छन् ।

यता कांग्रेस र एमालेकाे गठबन्धन सरकारमा नाउपाले समर्थन फिर्ता लिएपनि आवश्यक संख्या पुग्ने भएकाले सरकार तलमाथि नहुने तर, संघीय र प्रदेश सरकारमा मन्त्री लिएको दलले समर्थन फिर्ता लिँदा संविधानको धारा १०० अनुसार प्रधानमन्त्री र धारा १८८ अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था रहेकाे छ ।