Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

पुष्पलालको स्मृति दिवस भंगेरीमा भव्य रुपमा मनाइने

०६ सोमबार , श्रावण २०८२एक बर्ष अगाडि

पुष्पलालको स्मृति दिवस भंगेरीमा भव्य रुपमा मनाइने

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औं स्मृति दिवसका अवसरमा नेकपा एमाले रामेछाप नगर कमिटीले विशेष कार्यक्रम गर्ने भएको छ ।

आउँदो बुधबार स्मृति दिवसका अवसरमा नगर कमिटी र राष्ट्रिय जनसांस्कृतिक महासंघ, बागमती प्रदेश समितिको आयोजनामा विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठका अनुसार सो दिन रामेछापको भंगेरीमा स्मृति दिवस तथा जनवादी सांस्कृतिक कार्यक्रम आयोजना गरिँदैछ । कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको र भव्य रुपमा सफल बनाइने उनको भनाइ छ ।