Advertisement Banner
Advertisement Banner

२१ बुधबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

पूर्व राष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गर्दै

१० शुक्रबार , श्रावण २०८२एक बर्ष अगाडि

पूर्व राष्ट्रपति भण्डारीले पत्रकार सम्मेलन गर्दै

आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले त्रकार सम्मेलन गर्दैछन् । भण्डारीले दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।

७४ औं मदन जयन्तीका दिन सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको यात्रामा ‘ब्रेक’ लगाउन यसअघि एमाले केन्द्रीय कमिटीको बैठकले उनको राजनीतिक पुनरागमनलाई रोक लगाउने निर्णय गरेको थियो । उनले एमाले बैठककाे उक्त निर्णयसँगै अब के गर्ने भनेर बताउन पत्रकार सम्मेलन गर्न लागेकी  दिएका छन् ।
हुन् ।

पत्रकार सम्मेलनमा उनले आफू निकट नेता–कार्यकर्ताहरूलाई पनि बोलाएकाे र एमाले केन्द्रीय कमिटीको निर्णयलाई राजनीतिक एवम् कानुनी प्रतिवादको तयारी गरेकी बताइएकाे छ । त्यसबारे विभिन्न विकल्पकाे परामर्श गरिरहेको उनी निकट नेताहरूले जनाएका छन् ।

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर पूर्व राष्ट्रपति भण्डारीकाे सदस्यता नवीकरणमा प्रतिबन्ध लगाएका छन भने भण्डारीले आफूलाई रोक लगाएकै दिन आफू राजनीतिमा अगाडि बढिसकेकाले पछि नहट्ने जनाउ दिएकी थिइन् । एमाले केन्द्रीय कमिटीले गरेको निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा नेता कर्ण थापाले असहमति राखेका थिए ।