Advertisement Banner
Advertisement Banner

१७ शुक्रबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

एनआरएनए क्यानडाको अध्यक्षमा जगन सापकोटा

१५ बुधबार , श्रावण २०८२२ दिन अगाडि

 एनआरएनए क्यानडाको 
अध्यक्षमा जगन सापकोटा

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी
शिशिर सिखडा, टोरण्टो । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी भएका छन ।
आज भएको निर्वाचन (बर्ष २५–२७) मा उनले १५ सय ३२ मत प्राप्त गरि बिजयी भएका हुन । अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको थियो।
अध्यक्ष पदका उम्मेदवार चन्दा अधिकारीले १३ सय ५७ मत, किरोज श्रेष्ठले ८सय ४८ मत, बिद्या भूषण कार्कीले ११सय ८ र सुरज अधिकारीले २ सय ८३ मत पाएका थिए ।
एनआरएनए क्यानडामा ६ हजार १५  जना मतदाता रहेकोमा ५ हजार १ सय  ७९ जनाले मतदानमा सहभागी भएका थिए ।
एनआरएनए क्यानडाको महासचिवमा सर्मिला रानाभाट बिजयी भएकि छन । उपाध्यक्ष एटलान्टिकमा हरि बराकोटी, उपाध्यक्ष सेण्ट्र्लमा प्रतीक भण्डारी र वेस्टर्नमा बिशाल थापा बिजयी भएका छन ।
कोषाध्यक्षमा इन्डिरा रिजाल, सह कोषाध्यक्षमा जीआर भण्डारी, सचिबमा बिजय लम्साल बिजयी भएका हुन । त्यस्तै युथ कोअर्डिनेटरमा हेमराज काफ्ले बिजयी भएका छन । 
त्यसैगरी आईसीसी सदस्यमा कमल भट्टराई, बिशाल घिमिरे, पिता पौडेल, पिताम्बर भट्टराई, दिनेश घिमिरे निर्वाचित भएका छन । सदस्यहरूमा एट्लान्टिकबाट सुनिल घिमिरे, मिसिसागाबाट तिलाराम सापकोटा र टीका पहारी, ब्राम्पटनबाट सीता ठाडा राना, सागर गुरुङ र राममाया घिमिरे, महिला तर्फ बिष्णुमाया क्षेत्री, लण्डन सिटीबाट बिजय तमाङ र शिव डल्लाकोटी बिजयी भएका हुन ।
२ पदाधिकारीको पदमा ५ जना सहित सदस्यहरु पनि सर्वसम्मत 
एनआरएनए क्यानडाको वरिष्ठ उपाध्यक्षमा सन्तोष दाहाल, प्रजापति सापकोटा र डा. पुण्यसागर मरहट्टा तथा महिला उपाध्यक्षमा समिक्षा कार्की र गीता दवाडी ढकाल सर्वसम्मत बिजयी भएका छन । शनिबार स्कारब्रोमा भएको साधारण सभाले उनीहरुलाई सर्वसम्मत बिजयी बनाएको हो । सो दुबै पदमा भएको विवाद मिलाउन उम्मेदवारी दिएका पाचै जनालाई सर्वसम्मत बिजयी गराईएको जनाइएको छ । 
उपाध्यक्ष (संघीय सरकार सम्पर्क) पदमा भने जानकी पन्डित र युवा सम्योजक (महिला) पदमा स्विकृति खड्काको एकल उम्मेदवारी परेकोले उनीहरू निर्बिरोध बिजयी भएका हुन ।