Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

आइजीपी साप यो के गरेको?

१४ मंगलबार , असार २०७३१० बर्ष अगाडि

थानकोट–चन्द्रागिरी केवुलकार चढेर मनोरञ्जन गर्न गएका सशस्त्र आइजीपी दुर्जकुमार राईले दुष्ट स्वभाव देखाएको प्रतिक्रिया सामाजिक सञ्जालहरुमा भाइरल भएको छ। जुत्ता लाउन र जुत्ताको फित्ता बाँध्न नसक्ने आइजीपीले सशस्त्रलाई कसरी हाँकेका होलान्? पद्धति फेरिएछ, शासन गर्ने परिपाटी कहाँ फेरिदो रहेछ र? आइजीपीको यो शैलीले सुरक्षा निकायमा निरंकूशता देखायो। शनिवार सपरिवार सशस्त्र टुकडी नै लिएर चन्द्रागिरी पुगेका आइजीपी राईले भालेश्वर महादेवको दर्शन पनि गरे। पूजाआजामा विश्वास गर्ने राईले अर्दलीको सम्मान गर्न नसकेको र दास मनोवृत्ति देखाउनु चाहिं कसैले पनि उचित र परिवर्तित मनस्थिति मानेनन्। फोटो– अर्थतन्त्र।