
एमाले अध्यक्ष तथा प्रम केपी ओलीले सदस्यता कायम नरहने भने पनि पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा सकृय देखिएकी छिन् । विद्याको सकृयतामा एमाले कार्यकर्ता जोडिन थालेपछि ओलीको पद धरापमा पर्ने खतरा देखिन्छ । विद्या र उनलाई समर्थन गर्नेले भीम रावलको नियति भोग्छन् कि विद्या भण्डारीले ओलीलाई किनारा लगाउँछिन् ? एमाले राजनीति बेस्सरी तातेको छ ।