Advertisement Banner
Advertisement Banner

०४ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

उपसभामुख रानामगरविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी

०३ मंगलबार , भाद्र २०८२एक दिन अगाडि

उपसभामुख रानामगरविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी

उपसभामुख इन्दिरा रानामगरविरुद्ध सत्तारुढ दलहरूले महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन् । सोहि सन्दर्भमा नेकपा (एमाले) ले आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएको छ ।

यता सत्तारुढ दल नेपाली कांग्रेसले पनि पार्टी पदाधिकारी बैठक बोलाएर छलफल गरिरहेको बताइएको छ । बैठक सकिएलगत्तै कांग्रेसले आफ्ना सांसदहरूलाई सिंहदरबारमा उपस्थित हुन निर्देशन दिएको छ ।

हिँजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच उपसभामुखले पदअनुकूल आचरण नगरेको भन्दै उनलाई हटाउने विषयमा गम्भीर छलफल भएको र अहिले कांग्रेस र एमालेका सांसदहरूबाट उपसभामुखविरुद्धको महाअभियोग प्रस्तावमा हस्ताक्षर संकलन अघि बढाइएको बताइएको छ ।