Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

हाइड्रोजनको अध्ययन हुनेभो

१८ बुधबार , भाद्र २०८२५ महिना अगाडि

हाइड्रोजनको अध्ययन हुनेभो

हाइड्रोजन उद्योगको विस्तृत सम्भाव्यता अध्ययन हुने भएको छ । भदौ १३ गते  नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादनको विस्तृत सम्भाव्यता अध्ययन गर्ने सहमति भएपछि अध्ययन हुने भएको हो । लगानी बोर्डको कार्यालय र दक्षिण कोरियाली कम्पनी जी फिलोसले नेपालमा हरित हाइड्रोजन उत्पादन प्लान्ट तथा फ्युल सेल प्लान स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएपछि नेपालमा हाइड्रोजनको व्यवसायिकता कार्यक्रम अघि बढेको हो । 
समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा जी फिलोस कम्पनीका प्रमुख कार्यकारी अधिकृत गावु पार्कले सहमतिमा हस्ताक्षर गरेका हुन् । जी फिलोसले सर्वेक्षण अनुमतिपत्र पाएपछि १० महिनाभित्रमा विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी प्रतिवेदन तयार गर्नेछ । यो सहमति कार्यक्रम समारोहमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा यसप्रकारका नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना बताउँदै उनले यस्ता परियोजनाले नेपालको दिगो विकास लक्ष्य प्राप्तिमा कोसेढुङ्गा साबित हुनसक्नेछ । साथै राजदूतले यो कार्यक्रमले नेपाल र कोरियाबिचको सम्बन्धमा अझ दिगोपन ल्याउने छ ।
लगानी बोर्डले यसप्रकारको परियोजनामा प्राज्ञिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने र यस्ता परियोजनाको सफलताले नेपालमा पुँजी तथा प्रविधिको विनिमयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ । लगानी बोर्डको विश्वास छ, कोरियाली कम्पनीले निर्धारित समयमै गुणस्तरीय प्रतिवेदन पेस गर्नेछ । प्रतिवेदन प्राप्त हुनासाथ नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट स्थापना हुनसक्ने बताएको छ । स्मरणीय छ, जी फिलोसले नेपालमा सार्वजनिक–निजी साझेदारी ढाँचामा हरित हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि गत वैशाख १५ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेस गरेको थियो । लगानी बोर्डको ६३ औँ बोर्ड बैठकले प्रस्ताव स्वीकृत गर्दै समझदारी अनुमती दिने निर्णय गरेको हो ।