Advertisement Banner
Advertisement Banner

२९ आइतबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

Image

शक्ति र शान्तिको सन्तुलन: चीनको नयाँ छवि

प्रेमसागर पौडेल

१९ बिहिबार , भाद्र २०८२१० दिन अगाडि

शक्ति र शान्तिको सन्तुलन:
चीनको  नयाँ  छवि

प्रेम सागर पौडेल------------

सेप्टेम्बर ३ को दिन, जब टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुँदै गरेको विशाल सैनिक परेड हेर्न थालें, मेरा आँखाहरू त्यो दृश्यमा अडिएर रहिरहे। त्यो दृश्य केवल एक सैन्य प्रदर्शन थिएन, त्यो दृश्य थियो आत्मगौरव, प्रविधिगत क्षमताको चमत्कार, र सुसंस्कृत राष्ट्रिय भावना र उत्तरदायित्वको गहिरो अभिव्यक्ति। त्यो परेडले एउटा यथार्थ उद्घाटित गर्‍यो – चीन अब केवल शक्तिशाली राष्ट्र होइन, एक जिम्मेवार, संयमी र विश्वशान्तिमा योगदान पुर्‍याउने ूअसल देशू को रूपान्तरणतर्फ अघि बढिसकेको छ।

धेरै समय अगाडि चीनलाई “सुतिरहेको सिंह” भनेर संज्ञा दिइन्थ्यो। तर अब त्यो सिंह पुनः जागृत भएको छ। शान्त, सन्तुलित, र उत्तरदायी नेतृत्वका साथ उभिएको छ। परेडमा देखाइएको अनुशासित सैनिक पंक्ति, अत्याधुनिक प्रविधिले सुसज्जित हतियार, र सम्पूर्ण राष्ट्रको एकताको प्रतिनिधित्व गर्ने सांस्कृतिक प्रदर्शनले चीनको नयाँ युगको आरम्भको संकेत गरिरहेको थियो। त्यो शक्ति प्रदर्शन आक्रामकता होइन, आत्मरक्षा, संयमता र विश्वासको प्रतीक थियो।

ूसिंह पूर्व उभियो र विशाल हातियारले आकाश हल्लायो,ू भन्ने कविताका पंक्तिहरू केवल भावुक आवेग होइन, आधुनिक चीनको आत्म(परिभाषा हुन्। परेडमा प्रदर्शित सैन्य क्षमताहरूले चीनको निरन्तर प्रविधिगत विकास र आत्मनिर्भरताको गहिरो सन्देश दिएको थियो। आर्टिफिसियल इन्टेलिजेन्सबाट सञ्चालित आर्मर्ड नेटवर्क, स्मार्ट ड्रोन सिस्टम, र साइबर डिफेन्स क्षमताहरूले यो प्रस्ट पारे – चीनको सेना अब केवल परम्परागत छैन, यो एक ूबुद्धिमान सैन्य शक्तिू ९क्mबचत ःष्ष्तिबचथ एयधभच० मा रूपान्तरण भइसकेको छ।

चीनको यस्ता प्रविधिहरूको सार्वजनिक प्रदर्शन एउटा पारदर्शिता र उत्तरदायित्वको संकेत हो। जहाँ अन्य देशहरू सैन्य रहस्यहरू लुकाउँछन्, चीनले आफ्ना उपलब्धिहरू संसारको सामु राखेर विश्वसनीयता निर्माण गर्ने मार्ग अपनाएको छ। यो एक असाधारण धारणा हो – शक्ति लुकाउने होइन, देखाउनेस डर देखाउने होइन, शान्तिको आश्वासन दिने।

युद्धकला र आत्मरक्षाको नयाँ सीमाहरूमा चीनले उल्लेखनीय प्रगति गरेको देखिन्थ्यो। “ल्य ःबल’क द्यबततभिाष्भमि” भन्ने कल्पना अब काल्पनिक रहेन। साइबरस्पेस, अन्तरिक्ष, र स्वचालित युद्ध प्रणालिहरू अब केवल सम्भावना होइनन्, कार्यान्वयनमा आइसकेका छन्। क्लस्टर हेड प्रणाली, मेकानिकल यन्त्रहरूको तालबद्ध प्रदर्शन, र ूबिना सैनिकू युद्धको क्षमताले चिनियाँ सैन्य शक्ति अब मानव क्षतिविनाको युद्ध रणनीतिमा केन्द्रित भइरहेको प्रमाणित भयो।

परमाणु नीतिको सन्दर्भमा चीन सधैँ संयमी र जिम्मेवार राष्ट्रको रूपमा स्थापित छ। ूल्य ँष्चकत ग्कभू ९ल्ँग्० को स्पष्ट नीतिले चीनले कुनै पनि अवस्थामा पहिले परमाणु हतियार प्रयोग नगर्ने अडान लिएको छ। सैनिक परेडमा देखाइएको न्यूनतम तर प्रभावकारी परमाणु शस्त्र प्रणाली केवल शक्ति प्रदर्शन होइन, सुरक्षा स्थायित्वको सन्देश थियो। यो स्पष्ट छ कि परमाणु क्षमताको माध्यमबाट चीनले आक्रमण होइन, विश्व सन्तुलन र आत्मरक्षा सुनिश्चित गर्न खोजेको हो।

चीनको भू(राजनीतिक धारणा सदैव आफ्नो सार्वभौमिकताको संरक्षणमा केन्द्रित रहँदै आएको छ। “भ्बनभिक जष्त तजभ कभब याा तजभ तयधल या क्अबचदयचयगनज” भन्ने कविताका पंक्तिहरूले दक्षिण चीन सागरमा चिनियाँ रणनीतिक उपस्थितिको प्रतीकात्मक चित्रण गर्छ। क्अबचदयचयगनज क्जयब िवा यस्ता भूभागमा चीनले अपनाउने नीति स्पष्ट छ कि संवैधानिक अधिकारको रक्षा, शान्तिपूर्ण संवाद र विवादको परिपक्व समाधान। चीनले कहिल्यै सैन्य बलद्वारा भूमि ओगट्ने दृष्टिकोण अपनाएको छैन, बरु आफ्नो भू(सीमाको रक्षा गर्न सकेसम्म कूटनीतिक, र संयमी उपायहरूलाई प्राथमिकता दिएको छ।

परेडमा देखिएका विमानवाहक यानहरू, सुपरसोनिक लडाकु विमानहरू, र लङ(रेञ्ज मिसाइल क्षमताले चीन केवल आफ्नो सीमाभित्र होइन, अन्तर्राष्ट्रिय जलक्षेत्रमा पनि सन्तुलन कायम राख्न सक्षम रहेको प्रस्ट पारे। बाल्टिक सागरजस्ता भू(रणनीतिक क्षेत्रहरूमा चीनको सहभागिता केवल शक्ति प्रदर्शन होइन, साझा सुरक्षाको अवधारणामा आधारित हो। चीनको दृष्टिकोण सधैं स्पष्ट रहँदै आएको छ – ूध्भ कतयउ ाष्नजतष्लन ायच उभबअभू।

यो पंक्ति केवल काव्यात्मक होइन, रणनीतिक सन्देश हो। आजको विश्वमा जहाँ द्वन्द्व, अस्थिरता, र सैन्य गठबन्धनहरू तीव्र गतिमा बदलिंदैछन्, त्यहाँ चीनको उपस्थितिले सन्तुलन र संयमता ल्याउने विश्वास दिन्छ।

यो सैनिक परेड केवल शारीरिक शक्ति र यान्त्रिक प्रविधिको प्रदर्शन थिएन। यो राष्ट्रको भावना, जनताको आत्मगौरव र ऐक्यबद्धताको प्रदर्शन थियो। “ँयगलमभम ष्ल यगच यचष्नष्लब िबकउष्चबतष्यल, गलष्तभम ष्ल यगच वयगचलभथ,” भन्ने भावना चीनको राष्ट्रिय मार्गदर्शक दर्शन बनेको छ। यो दर्शन केवल राष्ट्रभित्र सीमित छैनस यो सम्पूर्ण मानव सभ्यताको हितमा सोच्ने चिनियाँ शैलीको संकेत हो।

परेडको अन्त्यमा प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रम, झण्डा फहराउने समारोह र राष्ट्रगानको धुनले सम्पूर्ण वातावरणलाई भावनात्मक बनायो। ती क्षणहरूले संकेत गरे, जहाँ जनताको सपना राष्ट्रको सपना बन्न पुग्छ। जहाँ राष्ट्रिय समर्पण, संस्कार र सम्मान उच्च मूल्य बन्न पुग्छ।

आजको चीन, जुन सेप्टेम्बर ३ को सैनिक परेडमा प्रस्तुत भयो, त्यो केवल सैन्य दृष्टिले शक्तिशाली राष्ट्र होइन। त्यो एक “न्ययम ऋयगलतचथ” हो – जसले संयमता देखाउँछ, उत्तरदायित्व स्वीकार्छ, र साझा भविष्य निर्माणमा अग्रसर रहन्छ।

चीनको यो शान्तिपूर्ण उदय अरू राष्ट्रका लागि खतरा होइनस बरु अवसर हो। जहाँ साझेदारीका ढोका खुल्ला छन्, र सहकार्यको बिन्दुहरू फराकिला। चीनले “एक्लो सन्देश” होइन, “संयुक्त समृद्धि” को सन्देश दिन खोजेको छ।

अन्ततः, ूत्जभ बलतजझ या तजभ नचभबत धयचमि अयmायचतक तजभ कयगूि भन्ने कवितात्मक भावले लेखको सारलाई समेट्छस यो युग केवल चीनको शक्ति उदयको युग होइन, यो मानवता, शान्ति र समानताको नयाँ अध्याय हो, जुन चीनको नेतृत्वमा नयाँ यथार्थतर्फ उन्मुख हुँदैछ।