Advertisement Banner
Advertisement Banner

२९ आइतबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

१९ बिहिबार , भाद्र २०८२१० दिन अगाडि

एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ । पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे केन्द्रीय सचिवालय बैठक बस्ने भएकाे हाे ।

एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र संगठनात्मक प्रतिवेदनमाथि छलफल गर्न बैठक बस्न लागेकाे हाे । यसअघि १३ गते डाकिएको केन्द्रीय समिति बैठक स्थगित गरेको एमालेले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली चीन भ्रमणबाट गएराति फर्केपछि आज सचिवालय बैठक राखेको हो ।

यही भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदैछ । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्ने बताइएको छ ।

विधान महाधिवेशनमा २ हजार ३३ जना प्रतिनिधि र ३ सय १७ जना अन्यसहित जम्मा २ हजार ३ सय ५० जना सहभागी हुने बताइएको छ ।