
राजनीतिक इन्जिनियरहरू र नगरको इन्जिनियरिङ !!
लोकतन्त्र हाँक्ने इन्जिनियरहरु असफल भइसके । लोकतन्त्र ओल्लो किनार न पल्लो तीरको स्थितिमा पुगिसक्यो । संविधान असफल भएपछि टालटुल पार्न, भ्रम छर्न संविधान संशोधन गर्ने एजेण्डसहित गठन भएको सरकारले डेढवर्ष राज्यखान्की खाइसक्न लाग्यो, संविधानका विषयमा बहस वा छलफल हुनैसकेको छैन ।
कमी कहाँ छ, कमजोर के के हुन्, सुधार गर्नुपर्ने कुन कुन विषय हुन् ? यी लोकतान्त्रिक गणतन्त्र नेपालका राजनीतिक इन्जिनियरहरुले पत्तै लगाउन सकेनन् । राजनीति असक्षम देखियो । देश लथालिङ्ग भयो । कानुनव्यवस्था कायम भएन ।
यो घरको नक्सा जस्तो छ, त्यस्तै देखिन्छ लोकतन्त्र । यो घर सानो भूकम्पको धक्काले पनि ढल्न सक्छ । लोकतान्त्रिक गणतन्त्र पनि यही घरजस्तै जोखिममा छ । नागरिक बिद्रोह गर्न कस्सिइसकेका छन् । यो पद्धति र यो घरको नक्सा उस्तै उस्तै छ, छाँट न काँटको । नेपाल र नेपालीले यो खतरा बोकेर कहिलेसम्म बाँच्ने ?


