Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

चीन सर्वाधिक चर्चामा

२५ बुधबार , भाद्र २०८२५ दिन अगाडि

चीन सर्वाधिक चर्चामा

चीनले आयोजना गरेको सैनिक परेड विश्वमै ठूलो सैनिक शक्ति प्रदर्शन पनि हो । यो अवसरमा चीनले नयाँ नयाँ अस्त्रशस्त्र, ड्रोन, मिसाइल, र अरू सैन्य उपकरण प्रदर्शन गरेको थियो । चीनले रुस, पाकिस्तान, नर्थ कोरियालाई साथमा राखेर गरेको यो सैन्य सामथ्र्यको प्रदर्शन विश्वशक्ति को भन्ने सन्देश पनि हो ।
अमेरिकाको प्रतिद्वन्दी मानिएको रुस, उत्तर कोरिया र भारतसमेत २० भन्दा बढी देशका सरकार प्रमुख र राष्ट्रप्रमुख सहभागी यो सैनिक परेडले विश्व सामरिक प्रतिस्पर्धातिर उन्मुख हुन थालेको सन्देश पनि दिएको छ ।
यता दक्षिण कोरियाका राष्ट्रपतिसँग उत्तर कोरियाका शीर्ष नेता किम जोङ उनसँग भेट्न चाहेको विषय उठाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनले उक्साउन खोजेजस्तो देखिन्छ । खासगरी विश्वभरि अमेरिकाले लगाएको ट्यारिफ टाउको दुखाइ भइरहेको बेलामा चीनको प्रदर्शनीको जवाफ अमेरिकाले रक्षा मन्त्रालयको नाम युद्ध मन्त्रालयमा परिवर्तन गरेर तैयार रहेको जनाउ दिएको छ ।
विश्व राजनीतिक स्थितिले अझ जटिल मोड लिन लागेको त होइन ?