Advertisement Banner
Advertisement Banner

०१ बुधबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

अत्यधिक कूटनीतिक निकायको सकृयता

२५ बुधबार , भाद्र २०८२७ दिन अगाडि

अत्यधिक कूटनीतिक निकायको सकृयता

जेन जीले आन्दोलनका माध्यमबाट कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकामा आगो लगाएर खरानी बनाइदिएपछि यतिबेला नेपाल शून्य अवस्थामा छ । यो शून्यताका विषयमा नेपालस्थित कूटनीतिक निकायहरु अत्यधिक सकृय बनेका छन् । सेनाले संवादका माध्यमबाट नागरिक सरकार बनाउन जेनजीका अगुवाहरुलाई रातिदेखि नै अनौपचारिक वार्ता गरिरहेको छ भने आज औपचारिक वार्ता गर्ने भएको छ । स्थितिलाई सेनाले आफ्नो हातमा लिएको छ ।
आश्चर्य के छ भने सेनाले राजनीतिक नेतृत्वका लागि अझै चाख देखाएको छैन । सेनाले भनेको छ नागरिक सरकारका लागि संवाद गरौं । जनताका साथमा सेना छ ।
संविधान असफल भइसकेको छ । बालेन साहले पहिले संसद बिघटनको सर्त राखेका छन् । आजको वार्ता अघि संभवतः संसद बिघटन हुने छ र आवश्यकताको सिद्धान्तअनुसार अन्तरिम नागरिक सरकार बन्नेछ । सेनाले यसका लागि सहजीकरण गरिरहेको छ ।
१८ वर्षअघि जनयुद्ध र जनआन्दोलनका माध्यमबाट आएको लोकतन्त्र शुन्यमा पुगेको छ । नेता र प्रशासकहरु ज्यान जोगाएर कोही भागेका छन्, कोही सेनाको संरक्षणमा छन् ।
श्रीलंका, बंगलादेशपछि नेपाल नागरिक विद्रोहको आगोमा झुल्सिरहेको छ । अधिकांश लोकतान्त्रिक गणतन्त्रका संरचनाहरु खरानी भइसकेका छन् ।
मित्र मुुलुकहरुले नेपालको जेनजी बिद्रोह र हृदयबिदारक दृश्यप्रति चिन्ता प्रकट गरेका छन् । शान्ति सुव्यवस्थाका लागि अपील पनि गरेका छन् ।
नेपालको अराजक स्थितिबारे अमेरिका, रुस, चीनले चासो दिइरहेका छन् भने भारतको मन्त्रिपरिषदमा व्यापक छलफल भएको छ । प्रम नरेन्द्र मोदीले यसको जानकारी ट्वीटमार्फत दिएका छन् । राष्ट्र संघले आवश्यक सहयोग गर्न तैयार रहेको जनाएको छ ।