
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारकाे नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पाैडेलले उनालाई अन्तरिम सरकारकाे प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
मुलुकको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी पूर्वप्रधानन्यायाधीश कार्की नेपालकाे पहिलाे महिला प्रधानमन्त्रीमा नियुक्त भएकि हुन् । कार्कीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ खाए लगत्तै गृह मन्त्रालयको नयाँ भवनमा गएर पदभार ग्रहण गर्ने बताइएकाे छ ।
कार्कीले प्रधानन्याधीशबाट अवकाश पाएको आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने पहिलो महिला सरकार प्रमुखको इतिहास रचेकी छन् । किसान परिवारमा २००९ साल जेठ २५ गते विराटनगरमा जन्मिएकी कार्की परिवारकाे जेठाे सन्तान हुन् ।
उनले २०२८ सालमा विराटनगरको महेन्द्र मोरङ कलेजबाट बीए पास गरेकि थिइन भने २०३१ सालमा बनारसको हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । हक्की र निडर स्वभावमा कानुन व्यवसाय गरिरहेकी कार्कीले कांग्रेस नेता दुर्गा सुवेदीसँग विवाह गरेकि थिइन् ।