
कााठमाडौ महानगरका मेयर बालेन साहले जेनजी पुस्ताको त्याग र बलिदानबाट देशले परिवर्तन पायो भनेका छन् ।
बालेन साहले जेनजी पुस्तालाई संवोधन गर्दै फेसबुकमा स्टाटस लेखेका हुन् । उनले यो परिवर्तनबाट देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्ने विश्वास राखेका छन् ।
प्रिय जेनजी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ । वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली । तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ । तपाईहरूप्रति असिम सम्मान । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
– बालेन