Advertisement Banner
Advertisement Banner

३० सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै

२९ आइतबार , भाद्र २०८२१८ घण्टा अगाडि

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दै

आज अन्तरिम सरकारकाे नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दैछन् । शपथग्रहण लगतै पदभार ग्रहण गर्ने तयारी रहेपनि विविध कारणले राेकिएकाे पदभार ग्रहण आज बिहान ११ बजे हुने भएकाे हाे ।

नवनियुक्त प्रधानमन्त्री  कार्कीले आज ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक रूपमा कार्यभार सम्हाल्ने तयारी गरिएकाे छ । प्रधानमन्त्री कार्कीको पदभार ग्रहणका लागि गृह मन्त्रालयको नवनिर्मित भवनमा विशेष तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएकाे छ ।

अत्याधुनिक सुविधासहितको उक्त भवनबाट प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने व्यवस्था मिलाइएको र प्रधानमन्त्रीको पदभार ग्रहण समारोहलाई भव्य र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारीहरू पूरा भइसकेका बताइएकाे छ ।

यसअघि शुक्रबारको शपथग्रहण समारोहमा भएको ढिलाइले पदभार ग्रहणको कार्यक्रम सारिएको थियो ।