
धर्मो रक्षति रक्षितः धर्मको रक्षा गर्यो भने धर्मले हामीलाई रक्षा गर्छ ।
नेपाल राष्ट्रले कसैको गुलामी स्विकार्दैन किनकी यो देव भुमि हो । राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले “यो भुमि सक्कली हिन्दुस्थाना रह्या छ । कहिल्यै सूर्य नअस्ताउने अंग्रेजी साम्राज्यवादले भारतको सर गरि दबाई रह्याछ, सनातनी भूमिको धर्म संस्कृतिलाई जोगाउन २० वर्षकै उमेरमा अदृश्य शक्तिले पृथ्वीमा पृथ्वी नारायण शाहलाई जन्माएको रहेछ भन्ने कुरा २८० वर्ष पछि आएर समयले प्रमाणित गरि दिएको छ ।
२०६० साल माघ १९ गते राष्ट्रनायक राजा ज्ञानेन्द्रबाट शाही कदम मार्फत नेपाली जनताको नाममा सम्बोधन गरेको बुँदा नं. १७ मा “नेपाल अधिराज्यको संबिधान २०४७ को संबैधानिक रिति थिति र हामीबाट प्रयोग भई आएको राजकीय सत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संबिधान २०४७ को मर्म र भावना अनुरुप संविधानको धारा २७ को उपदफा ३ समेत विचार गरि देशमा शान्ति सुरक्षाको पुनःस्थापना तथा प्रजातान्त्रिक व्यवस्थालाई शिघ्र क्रियाशील तुल्याउने जनताको चाहना पुरा गर्न” उक्त कदम चालिबक्सेको थियो ।
“नेपाली समाजलाई बदल्ने धर्मयुद्ध लड्न अर्कै आँट, अर्कै हौसला, माटो प्रतिको माया र देश प्रतिको गौरव चाहिन्छ, ठुलो त्याग, बलिदान हुने सोचाई र तातो मुटु चाहिन्छ ।” – माटोवादी गोर्खा एक्सप्रेस साप्ताहिकका सम्पादक÷प्रकाशक एवं वरिष्ठ पत्रकार राजन कार्की को विचारलाई अघि सारी इन्द्रजात्राको (जीवित बोल्ने देवी कुमारी जात्रा) मौलिकपनलाई जोगाऔं, नेपाललाई मजबुत पारौं ! विदेशीहरुको नजरमा नेपाल राष्ट्र गरिब भए पनि धार्मिक र साँस्कृतिक रुपमा विश्वकै धनि राष्ट्र भनेर चिनाएको छ । धर्म निरपेक्षता खारेज गरि धर्म सापेक्षता कायम गरौ भन्ने बारे राष्ट्रवादीहरुको साझा संगठन ल्भउब िब्ककयअष्बतष्यल या ल्बतष्यलबष्कितक ९ल्ब्ल्० भक्तपुर, काठमाडौँ उपत्यका, नेपाल २०७७ ले वीर गोर्खाली मिडियाको सभाकक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
राम सुन्दर श्रेष्ठको सभापतित्वमा माधव प्रसाद लामिछानेले संचालन गर्नु भएको सो कार्यक्रमा प्रमुख अतिथी विक्रम झा ले राजसंस्थालाई छिटो भन्दा छिटो पुनःस्थापना गरेर नेपाल भित्रै नेपाली जनता सुरक्षित भएर बाँच्न पाउँ भनि कुमारी मातासंग प्रार्थना गर्नु भएको थियो ।
विष्णु सिंह डंगोलले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा देशमा अव्यवस्थाले पराकाष्ठा नाघेको बेला इन्द्रजात्राको पूर्व सन्ध्यामा यो अन्तरक्रिया कार्यक्रम राख्नु परेको औचित्य बारे प्रष्ट पार्दै व्यवस्थापक शंकर मघैयाले इन्द्रजात्राकै सेरोफेरोमा नेपाल एकिकरणको सुरुवात भएको र नेपाल राष्ट्र निर्माण भएको इतिहास वर्तमान पुस्तालाई जानकारी दिनु पर्ने आवश्यकता बारे चर्चा गर्दै कुमारी माताको आशिर्वादले इन्द्र जात्राको अन्तिम दिन शासन प्रशासन चलाउने अलौकीक परम्परागत शक्तिले शासन सत्ता चलाई रहेको एक मात्र देश नेपाल हो ।
जेन–जी पुस्ताको आन्दोलनको कारण विधीपूर्वक इन्द्रजात्रा सम्पन्न हुन पाएन नानी चाःया को दिन कुमारी मातालाई खतमा राखी इन्द्रजात्रा सम्पन्न हुन गएको थियो भने ऐतिहासिक बसन्तपुर, हनुमान ढोका स्थित नेपाल राष्ट्रका संरक्षक तलेजु भवानी मन्दिरको अगाडि ४ वर्ष अघि देखि ज्येष्ठ नागरिक स्व.विष्णु भक्त तण्डुकारले सुरुवात गर्नु भएको समेबजी चढाउने र प्रसाद वितरण गर्ने कार्यक्रम देशमा देखा परेको विषम परिस्थितीको कारण स्थगित गर्नु परेको छ ।
यसै बीच श्री तलेजु भवानीको जय ! जय ! जय ! तलेजु भवानी माताबाट रचेको नेपाल भूमि, देव भूमि सदा सुरक्षित हुँदै आएकोमा २०६३ साल जेष्ठ ४ गते धर्म निरपेक्षता घोषणा भए पछि एक पछि अर्को गर्दै हाम्रो धर्म संस्कृति र देशको अस्तित्व माथी प्रहार हुँदै आएको छ । त्यसैले हालै प्रकाशनमा ल्याएको संकलन पुस्तक तलेजु भवानीका प्रमुख पूजारी उद्ववमान कर्माचार्य ज्यूको हातबाट तलेजु भवानीमा चढायौं ।
राष्ट्रवादी राजनीतिक जन जागरण अभियानका केन्द्रीय संयोजक पारुहाङ्ग कुथुमी राईले जेन–जी पुस्ताको आन्दोलनमा वीरगती प्राप्त गरेको छ । वहाँको परिवारजन प्रति समवेदना र पारुहाङ्ग कुथुमी राई प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै निम्न लिखित प्रेस विज्ञप्ति जारी गरेका छौं ः
प्रेस विज्ञप्ति
जेन–जी पुस्ता जसले देश ब्युँझाउन बलिदानी दिने क्रममा राष्ट्रवादी राजनीतिक जन जागरण अभियानका केन्द्रीय संयोजक पारुहाङ्ग कुथुमी राईले पनि संसद भवनको दक्षिण गेटमा आन्दोलनरत जेन–जी पुस्तालाई गोली नहान भनि अग्र मोर्चामा सरिक भए, त्यहि प्रहार भएको गोली घाँटीमा लागेर २०८२ साल भाद्र २३ गते सहादत प्राप्त गरेको छ ।
जेन–जी पुस्ताले शान्तिपूर्ण ढंगबाट विदेशी हस्तक्षेप बन्द गर, लिम्पियाधुरा, कालापानी, लिपुलेकमा भएको अतिक्रमण तत्काल हटाऊ । टिस्टा, काँगडा सम्मका भू–भागको विषयमा अब राष्ट्रिय मुद्दा केन्द्रित हुनु पर्ने, भ्रष्टाचारको अन्त्य गर, आफ्नै देशमा न्यूनतम १०,०००।– सम्मको पारिश्रमिक पाउने रोजगारी देऊ, सामाजिक सञ्जाल बन्द गर्ने कार्य तत्काल फिर्ता लेऊ, लामो समय देखिको कुशासन बन्द गर, नेताका छोरा छोरी थाँतवाँत र सर्व साधारण जनताको कष्टकारी जीवन यापन अन्त्य गर, ग्यारेण्टीका साथै सुशासन सहित देशलाई सिंगार्ने, देशको विकास गर्ने आदी माग राखी गरेको आन्दोलनलाई तत्कालै वार्तामा बोलाउनुको साटो जायज माग राख्ने युवाहरूलाई सम्बोधन गर्नुको बदला गोलीले दवाउन खोज्दा ५१ जना होनाहार युवाहरूको ज्यान साथै २८ वर्ष भन्दा माथी पुगेका ६१ वर्ष उमेर पुगेका नागरिक समेत सहादत बन्न पुगे जेन–जी पुस्ताहरूको मात्र होइन हाम्रो अधुरो सपनालाई पूरा गर्ने आन्दोलन हो भनेर सरिक भएका थिए । यसै बीच घुसपैठीयाहरूले देशको मूख्य प्रशासन क्षेत्र सिंह दरबार, सर्वोच्च न्यायालय, संसद भवन, सरकारी भवन, मालपोत कार्यालय आदी ध्वस्त गरेको कारण नेपालले फेरी शुन्य अवस्थाबाट उठ्नु पर्ने परिस्थिती देखिएको छ ।
विद्यमान राजनीतिक क्षेत्रका नेताहरूमा चुलिएको पापको धनको दम्भ, अहंकार जनता प्रति हेपाहा प्रवृत्तिको कारण यो भयावह स्थितीको श्रृजना साथै देश नै आतङ्कित भएको अवस्था थियो ।
यस्तो अवस्थामा तिनै असक्षम, असफल नेताहरूले व्यवस्था होइन अवस्थामा मात्र परिवर्तन चाहेको छ भनेर एक पक्षीय ढंगबाट गणतन्त्र र २०७२ सालको संविधानको जर्गेना गर्नु पर्छ भन्दै जनतालाई फेरि झुक्याउने प्रयत्न गरिरहेको छ । यहि नेता र कार्यकर्ता पाल्ने संरचनाबाट नेपालले अबको वाटो हिंड्न असम्भव छ । प्रजातन्त्रको संस्थागत विकास ७५ वर्ष देखि हुन सकेन, हुन दिएन, संधै राजनीतिक अस्थिरता भैराखेको कारण राजनीतिक स्थायीत्व दिनको लागि नेपाल अधिराज्यको संविधान २०४७ लाई टेकेर अघि बढ्न र २०६३ वैशाख ११ गते भएको ज्ञानेन्द्र र ७ दल विच भएको ५ बुँदे संझौता पालन गर्न जोडदार माग गर्दछौं ।
राजनीतिक निकास त्यहि विन्दुवाट मात्र निकाल्नु पर्छ, वहुमत जनताको असन्तुष्टिलाई साम्य पार्ने काम चलाउ सरकारका प्रधानमन्त्री सम्मानीय श्रीमान शुशिला कार्की ज्यूको काँधमा आइपरेको छ वहाँ एक कुशल न्यायमूर्ति समेत भएकोले राजा ज्ञानेन्द्र र आम जनता माथी न्याय दिलाउने छ भन्ने कुरामा विश्वस्त रहेका छौं । दु्रत गतिमा देशलाई विषम परिस्थितीबाट निकास निकाल्नको लागि नेपालको अवस्थालाई बुझेका, दुरदर्शी, राजनीतिक क्षेत्रमा भिजेको परिपक्व, राजनीतिक संस्कार युक्त वातावरणमा सर्वपक्षीय वहस चलाएर देश र जनतालाई सुरक्षा दिनु अत्यावश्यक छ । वुद्धिमता यो हुनेछ की संवैधानिक, प्रजातान्त्रिक वाटोमा हिंड्नको लागि यस घडिमा सरोकार राख्ने सबैमा सद्बुद्धी पलाओस । राजनीतिक अस्थिरताको कारण जे–जति क्षती भयो त्यसको पूर्तिको लागि सबै नेपाली नागरिकहरूले हाते मालो गर्न आवश्यक छ । २००७, २०१७, २०३६, २०४६, २०५२ देखि २०६२÷२०६३, २०६५ साल र २०७२ सम्म २०५८ सालको दरबार हत्याकाण्ड को उतार चढाव र चुनौतीहरूको सामना गरी देशको स्वाभिमान र स्वाधिनता र स्वतन्त्रता बचाउदै हुर्काउदै आएकोले हाल देखा परेको चुनौतीहरूलाई पनि एक धिक्का भएर सामना गरौं, राष्ट्र, राष्ट्रियता अक्षुण्ण राख्नको लागि हार्दिक अपिल गर्दछौं ।
माइतीघरमा भएको जेन–जी पुस्ताको आन्दोलनमा सरिक दार्चुला जिल्लाको जिवन बडाललाई पनि युवाहरूलाई स्वदेशमै रोजगारीको वातावरण सृजना गर्न सक्ने संकलन पुस्तक कार्यक्रम स्थलमै प्रदान गरिएको थियो भने वहाँले यो पुस्तकलाई मन लगाएर पढ्ने दृढता देखाउनु भयो ।
राष्ट्रिय एकताका प्रतिक राजसंस्थालाई स्थापना गरेरै छाड्न दृढ संकल्परत पारुहाङ्ग कुथुमी राईले पूर्वेली भाकामा गाएको आफ्नै मौलिक नेपाली परिवेशको “झट्टै आउ पारहाङ्ग (राजा) झट्टै आउ सुम्निहाङ्ग रानी” बोलको गीत साथै राष्ट्रिय झण्डा ओढाएर आफ्नै थाँतथलो धनकुटामा अन्त्येष्टी गर्ने परिवारका बीच छलफल चलाएको छ ।