Advertisement Banner
Advertisement Banner

२८ मंगलबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

मन्त्रिपरिषद विस्तारका लागि पाँच जनाको नाम सिफारिस

०६ सोमबार , आश्विन २०८२२२ दिन अगाडि

मन्त्रिपरिषद विस्तारका लागि पाँच जनाको नाम सिफारिस

जेन–जी विद्रोहपछि सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकार विस्तारका लागि पाँच जना मन्त्रीको नाम सिफारिस गरिएकाे छ । हिँजाे बसेकाे बैठकले पाँच जना मन्त्रीको नाम सिफारिस गरेको हाे ।

हिँजाे मन्त्रिपरिषद्‌मा सिफारिस भएका मन्त्रीको आज सपथ हुँदैछ । सिफारिस भएका मन्त्रीहरूमा अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय, भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सुम्पिने प्रस्ताव गरिएको छ । सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश समेत हुन् ।

त्यसैगरी, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मदनप्रसाद परियारलाई कृषि मन्त्रालय, जगदीश खरेललाई सञ्चार मन्त्रालय तथा डाक्टर संगीता मिश्रालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका लागि सिफारिस गरिएको थियाे ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वकाे अन्तरिम सरकारमा तीन जना मन्त्री पहिले नै नियुक्त भइसकेका छन् । हिँजाे पाँचजना मन्त्रीको नाम सिफारिससँगै मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अगाडि बढाइएको बताइएकाे छ ।