Advertisement Banner
Advertisement Banner

१७ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

०९ बिहिबार , आश्विन २०८२८ दिन अगाडि

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बसेपछि साँझा ६ बजे  राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी हुन् । पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्की भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् ।

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको गर्ने घोषणा गरेको छ । वर्तमान सरकारको प्राथमिक कार्यभार छ महिना अर्थात् फागुन २१ गने निर्वाचन सम्पन्न गर्ने रहेको छ ।