
हिँजाेदेखि सुरू भएकाे नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बिहीबारदेखि प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठक आज पनि दिइएकाे छ ।
बिहीबारबाट सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । अध्यक्षको उक्त प्रस्तावमा असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले आफ्नो धारणा राखिसकेका छन् ।
हिँजाेकाे बैठकमा फरक मत प्रस्तुत गर्दै उपाध्यक्ष श्रेष्ठले हालको परिस्थितिमा मंसिरभित्र विशेष महाधिवेशन सम्भव नरहेको भन्दै अध्यक्ष प्रचण्डले तत्काल कार्यकारी जिम्मेवारीबाट अलगिएर पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिनुपर्ने बताएका थिए । उनले अहिलेको प्राथमिकता भनेको निर्वाचन तय समयमा सम्पन्न गर्नु र पार्टीलाई चुनाव केन्द्रित बनाउनु भएकाे उनकाे भनाइ रहेकाे थियाे ।
विभिन्न १० वटा समूह बनाएर बिहीबारबाटै छलफल जारी रहेको केन्द्रीय समिति बैठकमा आज टोली नेताहरूले समूहबाट आएको धारणा राख्ने तयारी रहेकाे छ ।