
जेनजीभित्र फुट हालियो, अमिलो निचोरियो । यसकारण थरि थरिका जेन्जी देखापरेका छन् । जेनजी समूहभित्र देशलाई निकास दिने रोडम्यापबारे मत बाझिनु स्वभाविक हो । थरि थरिका जेनजीको बाझाबाझ देखेर १८ वर्षदेखि सत्तामा भ्रष्टाचारको राज चलाइरहेकाहरू हाँसेका छन् ।
देश अघि बढाउने रोडम्याप के हो जेनजीहो ?
मूल प्रश्न यही हो । संविधान मान्ने, नमान्ने, अन्तरिम संविधान खोज्ने, राजतन्त्र स्थापित गर्नुपर्ने अनेक जेनजीका मतहरू सार्वजनिक भइरहेका छन् । यथार्थमा जेनजीको माग के हो ? निर्वाचन नै देशको निकास हो त ? जेनजी सत्तामा सहभागी हुने विषयमा समेत अनेक सवाल खडा भएका छन् । यसरी जेनजीहरू बिभाजित मनस्थितिमा देखिदा आन्दोलनमा सहादत हुने र घाइतेहरूको मन दुःखेको छ । नयाँ पुस्ताको त्याग र बलिदानको अपमान हुनथालेको छ ।
आमनागरिकले चाहेका छन्, जेनजीले सत्ता सम्हालुन् । सुशासनको बसालुन् । भ्रष्टाचारका महलहरू ढालुन्, भ्रष्टहरूलाई जेल कोचुन् । देश लुटेको सम्पत्ति राष्ट्रियकरण गरेर बिध्वंशको खरानीमा देशको गौरव उठाउन् ।
जेनजीहरू भने म सच्चा, तँ नक्कली जेनजी भनेर बाझाबाझ गरिरहेका छन्, दुनियाँ हँसाइरहेका छन् । जेनजी अर्थात नयाँ पुस्ताले २७ घण्टामा बहुदल र गणतन्त्रको सत्ता ढालिदिए । २७ महिना, ७ वर्षमा यो देशलाई गौरवमय बनाउने, पहिलेजस्तै विश्वले सम्मान गर्ने, नेपालले के भन्छ भनेर कान ठाडो पारेर सुन्न सक्ने स्थिति बनाउने जिम्मेवारी जेनजी पुस्ताको हो । जेनजी पुस्ताले सत्ताकै लागि झगडा गर्ने होइन, निर्माणका लागि एकजूट भएर देखाउनु पर्ने, एक हुनुपर्ने होइन र ?
सुदन गुरूङ संविधा जोगाउने भन्छन्, मिराज ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भनिरहेका छन् । रक्षा बम सरकार चुनाव केन्द्रित हुँदै आन्दोलनको दमन र जिम्मेवारलाई कारबाही गर्नेपर्छ भन्छिन् । जेनजी पुस्तामा अनेक युवाहरू देखिएका छन्, मतैक्य हुनसकेको छैन । यही समस्या हो ।
मिराज भन्छन्– माग पूरा नभए ‘हामी फेरि शान्तिपूर्ण आन्दोलन गर्छौं । जेनजीको शक्ति प्रदर्शन हुन्छ । यो देश बनाउने अवसर हो ।’ हामी नेपालका सुदन गुरूङ निर्णायक बनिरहेका छन्, अन्य जेनजी मान्न तैयार छैनन् ।
आन्दोलनमा सहभागी भएको र समर्थन जनाएका जेनजीका १२ वटा समूह छन् । रक्षा बम, मोहम्मद नइम राइन, प्रवेश दाहाल, तनुजा पाण्डेलगायतका जेनजीहरू मतभिन्नता राखिरहेका छन् । शासकीय स्वरूप फेर्ने कि नफेर्ने, अन्तरिम सरकारको जिम्मेवारीभित्र के–के रहने अनेक अन्योल छ । – फणिन्त पन्त