Advertisement Banner
Advertisement Banner

०६ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सुदन गुरूङको बार्गेनिङ र अवस्था

२९ बुधबार , आश्विन २०८२७ दिन अगाडि

सुदन गुरूङको बार्गेनिङ र अवस्था

जेनजी अन्दोलनबाट चर्चामा आएका सुदन गुरूङ पक्षले रवीबार तल उल्लेखित मागहरू राखेका छन् । जो मिडियाहरूमा कुनैनकुनै माध्यायमबाट सार्वजनिक भएका हुन् । बालुवाटारस्थित प्रधानमन्त्रीले बोलाएको बैठमा निम्न अनुसारका माग राखि प्रकृया तुरून्तै अघि बढाउने माग राखेका छन् । 
(१) बहालवाला प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पदबाट राजीनामा दिन लगाउने ।
(२) न्याय परिषद् अध्यक्षलाई पनि राजीनामा दिन लगाएर परिषद् पुनःसंरचना गर्ने ।
(३) अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख प्रेम राईलाई हटाउने । रिक्त न्यायाधीश पदमा नयाँ नियुक्ति गर्ने ।
(४) जेनजी आन्दोलनको क्रममा विध्वंश र तोडफोडमा संलग्नमाथि कुनै कारबाही नगर्ने ।
(५) सात दिनमा आन्दोलनरत पक्ष र राष्ट्रपति पौडेलले हस्ताक्षर गर्नुपर्ने ।
(६) क्याबिनेट र सचिवालयमा जेनजी प्रतिनिधि अनिवार्य सहभागी गराउने ।
(७) जेनजी आन्दोलनलाई ‘जनआन्दोलन ०८२’ नामकरण गर्ने ।
(८) तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तुरून्त गिरफ्तार गर्ने ।
उनीहरूको चार नम्वरको बुँदा अत्यन्तै आपत्तीजनक छ । जो देश र जनताको हकहित रक्षा सुरक्षा आदिका लागि घातक छ । यदि आन्दोलन गर्ने मान्छे मार्ने देशको सम्पत्ती ध्वस्त पार्नेहरूको बिरूद्धमा कुनै कार्वाही नगर्ने हो भने देशमा यो आतङ्ककारी गतिबिधी रोकिने छैन र यसको पुनरावृती हुँदै जाने छ । जेन्जी आन्दोलनमा घुसेर देशको सम्पत्ती नष्ट गर्ने जुनसुकै संघ संस्था र अपराधीहरू माथि कार्वाही हुनुपर्छ । त्यो मात्र होइन त्यो आन्दोलनलाई लुकेर उक्साउने र त्यसबाट फाइदा लिन खोज्नेहरूको बिरूद्धपनि एक्सन् लिनपर्छ । देश घूसपैठिया अराजकतामा रहन दिनु भविष्यका लागि जोखिम हो ।
आन्दोलनमा नागरिकहरूको ज्यान लिने जुनसुकैलाई पनि छोड्नु हुँदैन । अपराधीहरूलाई जेलमा कोचेर कानुन अनुसारको सजाय दिनै पर्छ।त्यो मात्र होइन जेन्जीको नाममा उनिहरूको आन्दोलनमा घुसेर देशको सम्पत्ती लुट्ने जन धनको क्षेती पुराएका घुषपेठीयाहरू माथि हदैदर्जाको कार्वाही गर्नुपर्छ ।
हाम्रो देशमा अराजक र आतङ्क फैलाउनेहरूलाई कानुन अनुसारको सजाय नहुँदा आतङ्ककारी गतिबिधिमा वृद्धी हुँदैआएको छ । सत्ता परिवर्तन् गरेको कसैको सत्ता ढालेर कसैलाई बसाल्दैमा आमूल परिवर्तन आउँदैन । यो उही व्यवस्थामा राष्ट्रियता जनतन्त्र र जनजीविकाको अबस्था फरक हुनसक्दैन । बरू झनै कहालीलाग्दो जनस्तर र तरल अवस्था सिर्जित भएको प्रष्टै छ ।
मात्र एउटाले आर्को सङ्ग सत्ता खोस्नु र आफ्नो आत्म सन्तुष्ट गर्नु मात्रकै लागि देशको जनधनको नोक्सान गर्नेहरू माथि कानुन अनुसारको सजाय हुनुपर्दछ ।
उपरोक्त कुराहरू कसैलाई पदबाट हटाउने वा कसैलाई पदमा मनोनित गर्ने बिषय त्यो आफ्नो ठाउँमा ठिक पनि होला तर खेल त्यो मात्र होइन । कुरा त्यो मात्र छैन।यसको भित्रि उदेश्य के हो ? त्यसबारेमा हामि सचेत हुनुपर्छ । यो सिङ्गो देशको सवाल हो र नागरिक अधिकारको सवाल पनि हो ।
आज देशभित्र जेनजी पुस्ताले गरेको आन्दोलनबाट ओलीको सरकार पल्टिएको छ । तर फरक जस्तो देखिएपनि त्यो बाहिरबाट हेर्दा मात्र सत्य हुनसक्छ अहिले यो आवरणभित्रको रहश्य छर्लङ्गै हुँदैजाने छ । जेनजी –जेनजी भनेपनि आन्दोलनका अगुवाहरूबीचमा वैचारिक र भावनात्मक एकता देखिदैन । भविश्यमा तिनीहरू बिचको पर्खाल थपिंदै जाने छ । देखिन थालिसक्यो ।
अहिले सुदन गुरूङ्ग, अनिल बानिया, पुरूष्तोम यादव, भावना रावत, ओजस्वी थापा र उता रक्षा बम, युजनराज भण्डारी, धिरज जोशी, प्रदिप ज्ञवाली, आदित्य कर्णको बिचमा छुट्टाछुट्टै गुट बनेको देखिन्छ । त्यो मात्र होइन सुदन गुरूङ्गले पटक–पटक नयाँ नयाँ युवाहरूलाई अगाडी सारेका कुराहरू पनि आएका छन् । जुन आठ बुँदे मागपत्र सुदन गुरूङ्ग पक्षले अगाडी सारेका छन् त्यसमा पनि आर्को पक्षले असहमती जनाएका छन् । यसरी राष्ट्रियतालाई भकुण्डो बनाएर उनिहरू फुटवाल खल्दै छन् । त्यो पनि विदेशीको इसारामा खास गरी यो आइएनजीओको खतरनाक मिसन हुनसक्छ । जसले देशलाई विदेशीको पोल्टामा पार्ने खतरा छ ।
सुदन गुरूङ्ग हामी नेपाली नामक संगठनका लिडर हुनभन्ने कुरा लगभग सबैलाई थाहा छ । तर उनी कहाँबाट सञ्चालित छन् यसबारेमा सबैमा प्रष्ट नहुनसक्छ । पहिले एकपटक मिडियामा हामी नेपाली बालेनको पार्टी पनि भनेर आएको थियो ।
बालेन र सुदन गुरूङ्गको लगभग एउटै उदेश्य हो । उनिहरू आगामी चुनावमा आफ्ना बलिया एजेन्टहरूलाई जिताउने यदी उनिहरूले हार्ने अबस्था आउछ भने बुथ केप्चर गरेर भएपनि आफ्ना एजेन्टहरूलाई ठाउँमा पठाउने प्रयास गर्नेछन् । जसरी उनिहरूले सत्ता त्यागेको झैँ गरेर प्रत्यक्ष कार्यकारी निर्वाचन पर्णालीको व्यवस्था गरेर सत्तामा भारी मतले काविज हुने दाउँमा देखिन्छन् । त्यसरी देशलाई आर्को तानाशाहको चङ्गुलमा पुराने प्रष्ट देखिन्छ । यसो भयोभने देशको दुर्भाग्य नै हुने छ ।
अहिलेसम्मको उनिहरूको भूमिकाले यही देखाएको छ । जसरी उनीहरूले राजनैतिक पार्टीहरूलाई वाइपास गराएर अन्तरिम सरकार बनाउन सफल भएकाछन्, त्यही रूपमा उनिहरूले देशभित्र कुनै आइ एन जी ओलाई बहुमत दिलाएर देशको सार्वभौमसत्ताको बागडोर अन्तै थमाउने योजनामा हुनसक्छन् । देशभक्त जेनजीहरू सचेत हुनुपर्छ । हुनसक्ने घूसपैठबाट सजग रहनुपर्छ ।
नेपाली युवाहरू सधैँ धोखा खादै आएको इतिहास छ । अहिले पनि देशमा बिध्वंस त भयो ७६ जनाको ज्यान पनि गयो, देशको सम्पत्ती सत्यनास भयो तर फेरीपनि उस्तै अबस्था छ । देशमा आमूलपरिवर्तन् आउने त कल्पना पनि गर्न सकिन्न । तर सामान्य सुधार हुनुको सट्टा राष्ट्रियता र राष्ट्रिय एकता कमजोर बन्दै गएको देखिदैछ ।
जेन्जी पुस्ता भनेपनि युवाशक्ती भनेपनि एउटै कुरा हो । यो पुस्ताले चाहेको सुशासन हो । देशमै गरिखान पाउने वातावरण हो । न्याय र समानता हो । योग्यताको कदर हो । त्यो नभएकाले जेनजी पुस्ता बिद्रोहमा उत्रनु परेको हो । जहिले पनि युवाहरूले नै परिवर्तनको आन्दोलन गरेका हुन्छन् । यो भन्दा पहिले पनि थुप्रै आन्दोलनहरू युवाहरूकै रगत पसिनामा चलेका थिए । चाहे त्यो सात सालको आन्दोलन् हौस्, छत्तीस साल , छयालिस साल वा ६२÷६३ यी सबै आन्दोलनमा अग्रिम पङ्क्तीमा युवाहरू नै लडेका थिए । सहादत प्राप्त गरेका थिए । अहिले पनि युवाशक्तीहरूको नेतृत्वमा आन्दोलन भएको छ । आन्दोलन सफल भयो र जेनजी पुस्ता बिजयी भयो । यो बिजयले सुशासन दिन सक्नुपर्छ ।
तर यसको अर्थ यो होइन की कुनैपनि अन्य किसान मजदुरहरूको भ्रष्टाचार बिरूद्धमा आवाज उठेको थिएन । लगातार आवाज उठाएर भ्रष्टाचारको बिरूद्धमा र सुसाशनको पक्षमा शंघर्ष गर्दै आएका थुप्रै अनुहारहरू जनताको माझमा छन् । उनिहरूलाई पाखा लगाएर आन्दोलनले पूर्णता पाउने छैन । आन्दोलनको पूर्णताका लागि संघर्षशील सबैलाई समेट्नुपर्छ, भ्रष्ट नीति र नैतिकहीनलाई कारवाहीमा ल्याउन सक्नुपर्छ, आन्दोलन सफल मानिनेछ ।
अहिले सुदन गुरूङ्गले उपरोक्त मागहरूलाई लागु गर्न दवाबमात्र दिएका छैनन् । उनले सुशीला कार्कीको सरकार र प्रसासनलाई समेत बारमबार चेतवानी दिंदै आएका छन् । यदि ओली र लेखकलाई तुरून्त कारवाही गरिएन भने सडकबाट देखाइदिन्छु भन्दै । यसरी सरकारमा खिचलो गराउन प्रयास गरे पछि अहिले बैठक बोलाएका कुराहरू बाहिरिएका छन् । धम्की दिएर भएपनि उनिहरू आआफ्ना उदेश्य पुरा गर्ने प्रयासमा देखिन्छन् । यद्यपि उनले भन्ने र पछि होइन भन्ने अभिनय पनि गरेको देखिन्छ । बैठक होइन, देशले नतिजा खोजेको छ ।
एकातिर देशको जन धनको हानिनोक्सानी भएको सबैको सामु छ । त्यसको बारेमा स्वतन्त्र छानबिन गराएर दोशी उप्र कार्वाही गर्नु पर्नेमा आफ्नो दुश्मनी साद्ने प्रयासमा प्रशासन माथि दिएको दवाबले अपराधीहरू फेरीपनि पानी माथिको ओवानो हुने र प्रतिषोधको आधारमा निर्दोषमाथि लाठी बर्षिने योजना हुनथालेको बुझ्न सकिन्छ ।
सरकारमा यसो हेर्दा देशका बुद्धीजीविहरू समावेश छन्, भएको देखिन्छ तर सरकार अरूले नै चलाएको छ । देश आई एन जी ओ, रअको जालमा परेको भनिन्छ । यस्तो भिषण भूराजनीति अबस्थामा नागरिक समाज सचेत र संगठित हुनुपर्ने अहिलेको परिस्थिति छ । जसले राजनीति दलहरूलाई पाखा लगाउने सुझाव दिएका छन उनिहरू स्वयम विदेशी कुटनीतिको सिकार भएको देखिन्छ । दललाई होइन, दलीय भ्रष्ट, नैतिकहीनहरूलाई पाखा लगाउन सबै युवा अग्रसर हुनुपर्छ ।
अहिले देशको सम्विधानलाई जोगाएको जस्तो, संघीयता बचाएजस्तो देखिदै छ । जनताले परिवर्तन खोजेको हुन्, सुशासन खोजेका हुन्, सुशासन कसरी हुन्छ, त्यसतिर निर्णय हुनुपर्छ । राष्ट्रियता जनतन्त्र खतरामा छन् । कुनवेला के हुने हो त्यसको अनिश्चिता छ र भूराजनीति तरल अवस्थामा सङ्कट ग्रस्त छ । निर्मल निवासमा पनि अहिले खुबै चहलपह देखिन्छ ।
देश बाढी र पहिरोबाट ग्रस्त छ भने यो वेलामा देशको र जनातको राहतमा जुट्टनुको सट्टा यसरी सडकबाट देखाउछौँ भनेर वार्गेनिङ् दिनु भनेको गम्भिर बिषय हो । अहिले देशमा दर्जनौँ बाढीमा परेर मारिएका छन्, उनिहरूको सर्वस्व स्वाहा भएको छ । यस्तो देशको कहालीलाग्दो अवस्थामा युवा शक्तिहरू राहत कार्यमा जुट्नु र सुशासन स्थापित गर्न लाग्नुको साटो जोरजबरजस्तीतिर लाग्नु दुःखद छ । कसको के कति कमजोरी भयो भनेर केलाउने होइन, गैह्र जिम्मेवारलाई कारवाही परिवर्तनको माग हो । यो वेलामा सुशासन दिने, राष्ट्रको निर्माण र पिडित जनताको उद्दारका लागि निस्वार्थ लाग्नु उचित हुनेछ ।