
आफ्नै भाषाको लिपि र अक्षरहरू समेत मासेर खाने हुतीहारा पुङ्माङ हैनौं, हामीहरू र नबनौं ।
यसै भन्छन्– अधिवक्ता रामेश्वर राउत । उनको मत छ– यो सरिष्टिमा भएका लिपिहरूमध्येकै सर्वोत्कृष्ट देवनागरी लिपि र सर्वगुणसम्पन्न वर्णाक्षरहरू र अंकलाई नै समाप्त पार्ने यो युगकै निकृष्ट अत्याचारलाई समाप्त पारेर आफ्नो भाषाको रक्षा, सेवा र सुरक्षाका लागि स्वदेश तथा विदेशमा बसोबास गर्नुहुने सम्पूर्ण जिम्दा नेपालीहरूलाई बिम्झाउने ताकत, शक्ति र आँटका लागि माता नवदुर्गा भगवानीसँग पाञ्चजन्य शंखध्वनिका साथ दुर्गा भगवतीको पुकार र प्रार्थना भएको छ । राउत क्षत्री सेवा समाजको केन्द्रीय कार्यालय, आरूबारीमा आयोजित बडा दशैंको शुभकामना आदन प्रदान समार देवनागरी लिपि तथा वर्णाक्षरहरू बचाऊँ अभियानका अभियन्ता एवं नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठानका अध्यक्ष कवि÷ अधिवक्ता रामेश्वर राउत मातृदासले आयोजित समारोहलाई सम्बोधन गर्दै आफ्नै भाषा समेत मासेर खाने हुतीहारा पुङ्माङ हैनौं, हामी जिम्दा नेपालीहरू र नबनौं भनेर आह्वान गर्दै भाषामाथि अन्याय भैरहेसम्म समाजमा कसैले पनि न्याय नपाउने दर्विलो तर्क र तथ्यलाई दर्विलो ढ्ङ्गले प्रष्ट्याउनु भएको थियो । समारोहमा उपस्थित सबैले असंवैधानिक ईम्बोष्ड नम्बर प्लेट लाई यथाशीघ्र हटाएर नेपालमा सञ्चालन हुने र भैराखेका सम्पूर्ण सवारीका साधनहरूमा नेपाली भाषाकै अंक र अक्षरहरू प्रयोग हुनुपर्ने बताउनु भएको थियो ।
समाजका अध्यक्ष ई . भगवान राउतको अध्यक्षतामा सम्पन्न समारोहमा अभिमन्यु राउत, अश्वीनी राउत, मेघबहादुर राउत, हरिबहादुर राउत, जीवन राउत, बिमला राउत लगायतका वक्ताहरूले आआफ्नो अभिमत राख्नु भएको थियो । कार्यक्रम गोकर्णेश्वर न. पा.मा अवस्थित राउत क्षत्री सेवा समाजको सभाकक्षमा सम्पन्न भएको थियो ।