Advertisement Banner
Advertisement Banner

०९ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

भय र आतंक स“गैतिहारको रमझम

०६ बुधबार , कार्तिक २०८२३ दिन अगाडि

भय र आतंक स“गैतिहारको रमझम

अहिलेको तिहार पनि खुसीको आवरण भित्र दुःख र पिडाको रोदन छ । देश आतङ्कले डगमगाएको र निर्दोशहरूको रगतले भिजेको छ । त्यो मात्र होइन प्रकृतिको प्रकोप अर्थात बाढी पहिरोबाट दर्जनौंको ज्यान गएको अबस्था पनि उस्तै छ ।हामि त्यो दुःखको जगमा पनि सामाजिक खुसि खोज्न बाध्य छौँ ।
किनकी जीवन जिउने आधार पनि यस्तै हुनेगर्छ । शोकलाई शक्तिमा बदलेर जीवनलाई खोज्नुपर्छ ।मर्नेहरूको सम्झनामा जीवित नै मर्नु वा  जीवन मृत्युले समाजलाई कुण्ठित बनाउन सक्छ ।दुश्मनहरूको पनि उस्तै होसला बड्न सक्छ । त्यसैले घटनाहरूबाट पाठ सिकेर पुनः त्यस्ता घटना समाजमा आइ नपरोस् वा फेरी न दोहरिउन भन्ने हेतुले सजग र सचेत हुन पनि हामी सबैको दायित्व बन्छ । दायित्व पूरा गर्नुपर्छ ।
अहिले देशमा जेन्जीहरूको जुन आन्दोलन् भयो जसबाट ठुलो जन धनको नोक्सान भयो । ज्यान गुमेको क्षती कहिल्यै पूर्ण हुनसक्दैन् । त्यो सदियौं सम्मको लागि रिक्तता र पिढा रहिरहने छ ।रगतको दाग अँझै आलो छ र हृदयमा घाउ उस्तै आलै छ । यस्तो वेला खुसि को हुनसक्छ ? हामी सबै पिडित छौँ ।
त्यसैले पनि समाजभित्र कयौं मेला पर्वहरू जो मानव समाजका गहनाहरू हुन्छन् ती चाढ पर्वहरू हाम्रो खुसिका आधारहरू हुन तर पनि त्यो आवरणभित्र रोदन, पीडा लुकेको छ ।
त्यही पिडाबाट पनि यो तिहारको देश विदेशमा भएका नेपालीमा शुभकामना र शान्तिको कामना गर्छु ।
मेला पर्व जसले हामिहरूलाई सबै खाले पिडा भुलाएर एकले आर्कोसँग हातेमालो गरेर मुस्कुराउन सिकाउने गर्छन् । तिनै चाडबाढहरू रामाउने र जिउने हामी सबैका आधार बनेका पनि हुन्छन् । त्यसैले हामि एक आर्कको नजिक्कीने र बिगतमा भएका तित्ता पिरा बिचारहरू हटाएर मिठो र सकारत्मक बिचार व्यक्त गर्ने बहाना बनाएका हुन्छौँ । जुनसुकै मेला पर्वको मुख्य एउटै उदेश्य भनेको नराम्रोमा राम्रोको जीत हुनु हो । अर्थात सबैखाले नकारत्मक कृयाकलापको बिरूद्धमा सबैबाट सकारत्म संदेश पुराउने यिनै चाढवाडहरू नै हुन्छन् । यद्यपि हाम्रो समाजमा कयौं पुराना रूढिवादी प्रकारका संस्कारहरू यिनमा प्रयोग हुनेगरेका छन् । तर त्यसलाई पनि समय अनुसार परिमार्जीत गरेर अगाडी बढ्ने जिम्मा पनि होम्रै हो । आवस्याकता अनुसार परम्पराहरूलाई संसोधन पनि गर्ने व्यवहार हुनुपर्छ । हिजो जस्तै आज र आज जस्तै भोली नहुन सक्छ ।
मानव प्रकृति जगतमा सबैभन्दा सुन्दर विवेकसिल र चेतनसिल प्राणी हो । त्यसैले सही र गलतलाई छुट्टाएर, चिरफार गरेर राष्ट्रियता र मानव हितका बिषयहरूलाई समेटेर चाढ पर्वहरू मनाउने व्यवहार हुनुपर्छ । त्यही व्यवहार वास्तबमा प्रगतिसिल बिचार हो ।
जसले समाजलाई एकताको मालामा उन्ने र देशलाई अखण्ड बनाउन मद्त गर्ने हुनुपर्छ ।यही व्यवहार अपनाउने हामिसबैको दायित्व हो । अश्विन बाट मंसिरसम्मका दिनहरूमा दशैँ,  तिहार र देवालीहरूको सिजन पनि आएको हुन्छ । हुन त बाह्रै महिना कुनैन कुनै चाडपर्व हुन्छन् । ति सबैका आ आफ्नै उदेश्य हुन्छन् । दशैँको पर्व अन्यायको बिरूद्धमा न्यायको विजयको रूपमा मनाउँदै आएको इतिहास छ र मनाउँदै आएका छौँ ।
तिहारको पनि हाम्रो समाजमा धेरै महत्व छ ।मानिसहरूले पशु पंक्षीहरू समेतालाई पुज्ने गरिन्छ । त्यो कुनैवेला अत्यान्तै महत्वपूर्ण र ऐतिहासिक बिसय हुन्थ्यो । किन की होम्रो देश कृषिप्रधान देशमा गाई गोरूहरूको पनि उत्पादनमा उत्तिकै महत्वपूर्ण भूमिका हुने गर्दथ्यो । त्यो वेला कृर्षिको लागि अन्य कुनै साधन थिएन । गोरूहरूले जोत्ने र गाई,भैंसी बाख्राहरूको मलले बारी खेत मल्यालो पार्ने त्यस्तो परमपरा थियो । र अँझैपनि पहाडी भेगमा त्यो परम्परा रहँदै आएको छ । हुन त तराईमा राङ्गालेपनि जोत्ने गर्थे । कताकति अहिले पनि छ तर धेरैजसो तराईमा अब कृतिम मल र टेक्टरहरूको प्रयोग हुन्छ ।
त्यस्तै त पहाडी भेगमा पनि हाते टेक्ट्रहरू पुगेकाछन् । पशुबाट मानिसलाई धेरैथोक प्राप्त हुन्छ । दुध, ऊन, छाला, मासु, माछा, यानिकी लगाउने देखि खानेसम्म मानिसले पशुहरूबाट नै प्राप्त गरेका हुन्छन् । कुनैवेला ढुवानी पनि घोडाहरूबाट नै हुन्थ्यो । अरू त्यस्तो साधन थिएनन्, पहुँचमा थिएनन् ।
कुनैवेलाको तिहारमा कौवा पुजा, कुकुर पुजा, गाई र गरूको पुजाको पनि उत्तिकै महत्व हुन्थ्यो । अहिले त्यो अलि फितलो हुनथालेको छ । पहिले र अहिलेको तुलनामा धेरै फरक छ । दशैँ र तिहारको धेरै पहिले देखिनै तैयारी हुने गर्दथ्यो । दशैँ अब दशेरामा परिणित भएको छ । अब खास गरेर तराईमा छिमेकी मूलुकको देखासिकी भनौं वा भारतीय समाजको बहुल्याताले भनौं नेपालका तराईमा रामलिला भएको देखिन्छ । चर्खे पिङ्ग र लोक गीत नृत्यको परमपरा पनि हट्दै गएको देखिन्छ । नेपालमा नै नेपाली परमपरा छाड्दै गएको आभाष हुन्छ । त्यस्तै तिहारमा पनि लामा लामा तोरन बाट्ने चलन अब साहुँरिदै गएको छ । पशु पालनको त्यो पुरानो शैली अहिले भेटिदैन । पशु पाल्न छाडिसकेका छन् ।
तर भैलो खेल्ने कार्यक्रममा भने विकास हुदैआएको छ । त्यो आर्थिक उप्राजनका दृष्टीले त्यसको विकास भएको हो ।पहिले एउटा गाउँको एउटै भैलो हुन नसके एउटा वार्डको भैलो हुन्थ्यो त्यो भैलो सबै जात जाती भाषा भाषीहरूको साझा हुन्थ्यो । त्यो भित्र आत्मियता थियो । उनिहरूको उदेश्य परामपराको पालना गर्नु र त्यसबाट उठेको आर्थिक त्यही भैलोमा खर्चिनु थियो । तर अहिले थुप्रै राजनैतिक पार्टी, संघ संस्था र बिभिन्न समुदायको छुट्टाछुट्टै भैलो खेल्ने र त्यो उठेको रकम त्यहीँ संग संस्थाले प्रयोग गर्ने व्यवहार हुन्छ । पहिले रूढीवादी बिचारधाराको ठाउँमा कतिपयले प्रगतिसिल बिचारको विकास पनि गर्दै आएका छन् । नेपालमा दिवाली भन्नाले खासमा कुल पुजानै हो ।वास्तबमा हिंदुहरूले दिपावली एउटा पर्वको रूपमा मानेका हुन्छन् । त्यो नेपालमा मंसिरको महिनामा बली दिने चलन बन्दै आएकोछ ।यद्यपि साहुनमा पनि कताकतिले बली लदेखिन्छ । बिभिन्न समुदायको छुट्टाछुट्टै परमपरा हुन्छ । तर उदेश्य एउटै हुन्छ त्यो हो पशुको बली देवाली गर्ने ।अनि मासुलाई नै प्रसादको रूपमा गह्रण गर्ने । यस्तो परम्परा कति ठिक कति वेठिक हुन,  त्यसबारेमा गहन छलफल हुनुपर्ने आवस्यकता देखिन्छ । के परम्परा जस्तो भएपनि आँखा चिम्लनु सही होला त ? वा बेठिक परमपरालाई छोडेर त्यसको ठाउँमा राम्रो संस्कारको थालनी गर्नु ठिक होला ? यही बिषयमाथि चिरफार हुनु जरूरी छ । मानव समुदाय उच्चस्तरको जीव भएकोले यसबारेमा पनि हामीले ठोस योजना बनाउनु पर्दछ ।
एकातिर मानिसहरू आफैमा एकले आर्काको ज्यान लिएको यो अत्यन्तै हृदयबिदारक अबस्था आर्कोतिर प्रकृतीले दिएको दर्दनाक पिडाको यो घढीमा हामीले चाडवाडहरूलाई परम्पराको रूपमा शोकलाई शक्तिमा बदल्ने आट गर्दैछौँ । यसलाई पनि मक्कीसकेको अबस्थाबाट प्रगतिको जगमा उभ्याएर सहज हुनेगरी समाजमा शान्ति र मित्रताको संदेश बोकेर सबैका घर आगनमा भैलो खेल्ने आँट गर्नु पर्दछ । हामीलाई चिनाउने हाम्रो दुःख र सुख्खमा जनताको बिचमा सकारत्मक सोंच र व्यवहारलेनै हो । यही उदेश्य बोकेर जनतामा जानसक्नु पर्छ । पहिले जस्तै राजनीतिका उदेश्य पुरा गर्न एकले अर्कोमा हिलो छ्याप्ने व्यवहारलाई छाडेर शान्ति सुव्यवस्थाको पक्षमा लक्षित गरेर जनताको आगनमा पुगौँ ।
अहिले दशैँ पनि त्यही उदेश्यले मनायौँ र तिहारमा पनि हामी सबैको त्यही उदेश्य हुनेछ । तिहारको संसारमै सकारत्मक संदेश पुगाउन सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने छ ।
तिहार अर्थात् दशैंपछिको पारिवारिक एकताको सन्देश । यो पारिवारिक संस्कृतिले घर एक बनाउँछ, द्वेष मेटाउँछ भने घरबाट समाज र समाजबाट देशले पाउने आधार, विश्वास र प्रगतिको सूचक पनि हो । हाम्रा संष्कृति सभ्यता र शक्ति हुन् ।