
अन्ततः बिपीनको शब इजरायलबाट आयो, श्रद्धाञ्जली दिइयो र उनको परिवारजनको जिम्मामा बुझाइयो पनि । प्रदेश सरकारले पनि सहयोग ग¥यो । लाख प्रयत्न गर्दा पनि विपीनलाई सकुशल फर्काउन सकिएन । इजरायल–हमासको युद्धमा हमासले अपहरण गरेर हत्या गरिएका कञ्चनपुरका बिपीन जोशी विद्यार्थी थिए, लर्न एण्ड अर्न कार्यक्रममा इजरायल गएका थिए । नेपालको कूटनीतिक क्षमता भएका भए, उनलाई फिर्ता ल्याउन सकिने थियो तर अहिले आएर हमासले पहिले नै मारेको भाष्य बनाएको छ ।
इजरायलका राजदूतले पनि देखाउनु नाटक देखाए । उनलाई फिर्ता पठाउने आश्वासन दिए । खुबै प्रचार पनि गरेका थिए । बिपीनका आमा र बहिनी इजरायलदेखि अमेरिकासम्म पुगेर बिपीनलाई सकुसल फिर्ता ल्याउने प्रयास पनि गरेका हुन् । नेपाल सरकारले समयमै प्रयास भन्दा पनि प्रचारात्मक प्रयास बढी गरेकाले पनि नेपालले बिपीनलाई गुमाउनु प¥यो । उनीसँगै इजरायल सरकारको कार्यक्रममा गएकाहरू पहिले नै मारिएका थिए ।
बिपीनलगायका १० जना नेपाली बिद्यार्थीहरू दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन गरेर इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ‘इन्टर्न’ गर्न गएका थिए । इजरायलमा युद्ध सुरू हुनासाथ पनि सबै नेपाली विद्यार्थीलाई उद्धारको प्रयास गर्न सकिने स्थिति थियो, त्यतिबेला पनि नेपाली कूटनीति निदायो, हल्ला बढी गरेर बस्यो ।


