Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

विप्लव र बिजुक्छे रोहित– लोली, बोली मिल्नु संयोग

१० सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

नेत्रविक्रम चन्द विप्लव र नारायणमान बिजुक्छे रोहित– एउटा बिद्रोही, अर्को संसदीय कित्ताका दुई कम्युनिष्टको लोली, बोली दुबै मिल्नु अचम्मको संयोग बनेको छ। विप्लवले प्रचण्ड दलाल हुन्, राष्ट्रियता अझ खतरामा परेको दावी गरेका छन्। विप्लवले त प्रचण्डसँग जोडेर देउवा पनि देशका लागि घातक नेता भन्ने किटान गरेका छन्। दुबैलाई विदेशी ईसारामा चल्ने दलाल भन्ने आरोपले विप्लव चर्चामा छन्। 

प्रचण्ड र देउवामाथि खनिदै गत शनिवारको एक कार्यक्रममा विप्लवले आरोप लगाए– यी दुबै नेता युवाहरुकोसपना बेच्ने दलाल भएको घोषणा नै गरिदिए। यस्ता घातक व्यक्तिहरु सत्ता परिवर्तन गर्लान्, दुखी जनताको जीवन परिवर्तन गर्न सक्दैनन्, दलालहरुबाट मुक्त हुनका लागि क्रान्तिको विकल्प छैन।

यता भक्तपुरे नेता नारायणमान बिजुक्छेले पहिले माओवादी भनेको ट्रोजन हर्स हो भनेका थिए, अव उनको मत छ– प्रचण्डका लागि भारतले भनेको नमाने ज्यान खतरामा, माने देश खतरामा पर्ने स्थिति छ भनेका छन्। ओली सरकार भारतको इच्छाले ढाल्न लागिएको हो, प्रचण्डका इच्छाले होइन। प्रचण्डका गल्ती कमजोरीका परिणाम अव देशले भोग्नुपर्छ, हामीले भोग्दै जानुपर्छ। सरकार बनाउँदा के कुरामा सहमति भयो, अहिले छाड्दा कुन नीतिमा कुरा मिलेन खोई स्पष्ट पारेको? देश र जनताले थाहा पाउनुपर्छ कि पर्दैन? नेताहरुले मनलागी गर्ने?

विप्लव पड्किनु स्वभाविक हो, तर साह्रै सभ्य र सरल स्वभावका रोहित यसरी क्रुद्ध मुद्रामा पड्किनु भनेको असामान्य स्थिति भएर हो भन्ने बुझ्न जरुरी छ।