
पूर्वप्रधानमन्त्री त्रय केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड तथा तिनका परिवार, नातापाताको समेत सम्पत्ति छानबिन सुरू भएको छ । यसको तरङ्गले तिनैजना पूर्व प्रधानमन्त्रीलाई त्रसित बनाएको
छ । प्रचण्डले त निर्वाचनमा भाग लिन तैयार भइसकेकोले सम्पत्ति छानबिन गरेर निर्वाचनको वातावरण नबिथोल्न दूत पठाएर आग्रहसमेत गरेका छन् । जेनजी आन्दोलनपछि सरकार त बन्यो, जेनजी अपेक्षा पूरा नहुँदा आगामी दिन असहज र अराजक हुने त्रास बढेको छ । एमाले बिना कसरी चुनाव हुन्छ ? प्रश्न उठेको छ ।


