
कथा
देशको सवै नागरिक सम्पन्न र सुखी भए कति रमाइलो हुन्छ।तर हाम्रो जस्तो मुलुकको गति र स्थितिमा यो निकट भविष्यमा वा केही दशकमा होला भन्ने आशा गर्न सकने आधार कही भेटिन्दैन।सवै जनता सम्पन्न र सबैले सुखमय जीवन प्राप्त गर्ने स्थिति र वातावरण मुलुकमा हाल नभएपनि सबैले कमसेकम साधारण दुई छाक खाना, पिउने पानी, सानो आश्रय स्थल, विरामी असक्त आदि हुँदा स्वास्थ्योपचारको सुविधा र वाल वालिकालाई शिक्षा त अनिवार्यतः पाउनु पर्छ भन्नुलाई वढी आशा र आकांक्षा भन्नु भने हुदैन। यी कुरा पनि विना मेहेनत,परिश्रम सवैले सितै पाउनु पर्छ भन्नु पनि हाम्रो जस्तो गरीव देशमा व्यावहारिक नहुन सकछ।तर यतिको लागि भएपनि आवश्यक काम गरी आपनो आवश्यकता आफैले पुरा गर्न सक्ने रोजगारीको सुविधा त कुनै पनि सभ्य मुलुकमा हुनुपर्ने नै हो।तर हाम्रो मुलुकमा छैन। राम्रो पढाइ र योग्यता, सीप कला वा वलिया पाखुरा प्रयोग गरी केही गर्छु भनी भौतारी हिँडने युवाहरूले आफनो देशमा कुनै रोजगारी नपाई विदेश पलायन हुनपर्ने कुरा कम दुःखदायी होइन।यो मुलुकको लागि पनि कम लाजमर्दो होइन।आज विवश शर्मा यस्तै यस्तै कुरा मनमा खेलाइ बसेको छ।
यसको ज्वलन्त उदाहरण उ मुलुकको राजधानीमा आफ्नै घर अगाडि पछाडी देख्छ।प्रत्येक दिन आफ्नो टोल छिमेकमा हिडडूल गर्दा रकमको अभावमा भान्सामा चुलो नवलेका र रकमको लागि पसिना चुहाउन उत्कट इच्छा राखेर पनि कुनै काम नपाई आँखामा आशु चुहाउने महानुभावहरू देख्छ। अब के गर्नेरु कसो गर्ने भनी कसैको दया, मायाको भीख माग्ने र आज दाल छैन चामल छैन, चुलोको ग्यास सकिएको छरु पैसा छैन, काम छैन भन्ने कहिले कोरु कहिले कोरु उ यस्तै यस्तै दुःखी ब्यक्तिहरू भेट्छ। यस बखत उ तीन दशक अघि देखि मुलुकको शासन वागडोर आफनो हातमा लिई सत्ता, शक्ति र धनले सम्पन्न भई प्रजातन्त्र, समाजवाद र साम्यवादको आकर्षिलो नारा फलाकी रमझमले रमेका नेता कार्यकर्ताहरूलाई सम्झिन्छ। देश प्रगतिपथ्मा द्रूतगतिले लागेको, देशमा चौतर्फी विकास भएको भन्ने कुरा रातदिन फलाक्दै देशमा विकास नभएको देख्नेहरु सवै प्रतिक्रियावादी हुन् भन्ने नेताहरूको भाषण सम्झिन्छ। यी सबै सम्झी सम्झी उसलाई दिक्क लाग्छ, दिक्दार लाग्छ । उसमा यो समस्या समाधान गर्ने क्षमता छैन ।न उ कसैको दुःख पीडा पाउनेको स्थायी सहाय बन्न सक्छ,न त देशको ठूल ठूला पद प्रतिष्ठामा वसी यस किसिमको समस्यामा कुनै ध्यानै नदिई मुलुक दोहन गर्नेसित भिड्न सक्छ। यस्तै हेरी हेरी दिन विताउन उ वाध्य छ।
विवश शर्माको कुनै ठूलो घर, महल नभएपनि नेपाली समाजको रहन सहन स्तर र स्थितिको दाँजोमा एक राम्रै घरवारी छक्ष् उसलाई खान लाउन, औषधोपचारको खर्च भ्याउन कुनै समस्या छैन। पहिले दुःख, मेहेनत र परिश्रमले केही कमाइ गरेको र मितव्ययी जीवनको कारण केही सञ्चित आवश्यक रकम बैङ्कमा पनि रहेकोले उसको कुनै आर्थिक समस्या पनि देखिन्दैन।आफ्नो घर परिवारको अवस्था र आफ्नो पारिवारिक जीवनको स्थिति सन्दर्भमा उसको जीवन सुखमय छ, शान्तमय छ।जीवनमा कुनै कुराले दुःख भयो भन्नु पर्ने अलिपनि कारण देखिन्दैन।तरपनि उ दुःखी छ। उसलाई भित्र भित्रै पोलिरहन्छ । उ भित्र भित्रै जलिरहन्छ।उसको मनमा शान्ति छैन। उसलाई अशान्ति छ। बुढेसकालको जीवन भएकोले साधारणतः उ बढी समय घरमै बिताउछ। उसलाई कही जान मन लाग्दैन। लेखिने र वोलिने आपनो वचन, नीति र सिद्धान्तबाट ठीक उल्टो आचश्ण गर्ने हाम्रा राजनैतिक नेताहरूका क्रियाकलापको कारण राजनैतिक दलको सिद्धान्त, नीति, समाजवाद, साम्यवाद आदि वादको कुरा सुन्न, कुरा गर्न उसलाई बिल्कुल मन लाग्दैन। यी सबै कुरा हातीको देखाउने दॉत र चपाउने दाँत फरक हुन्छ भन्ने जस्तै हो भन्ने हिजोआज उसलाई लागेको छ।
यी शब्दहरूको शब्द मात्रको उच्चारण कसैले गरयो भने विवशलाई वाकवाकी लाग्छ।यी वाद र नीतिको वकालत गर्नेहरुले देशमा वाकी रहेको सुख शान्ति,इमान,जमान, नम्रता सहनशीलता, धर्म संस्कृति, संस्कार, राम्रो आचार विचार, आपसी प्रेम, सहयोग सदभावना, मानवता मुलुकको इतिहास र यसको गौरव आदि आदि सबकुरा खोक्रो पारेको उ महसूस गर्छ।दलको नाममा नयाँ जात जातिको उत्पादन र स्थापना गरेको मात्र होइन युगौंयुग देखि मिलिजुली संगै वसी, खाई, सुखदुःख साझा गरी बसेका देशवासीलाई धर्म वर्ण, रूपरङ्ग,आकार प्रकारमा विभाजन गरी झैझगडामा फसाई मुलुकलाई अशान्तिको अखडा बनाएकोमा खिन्न छ। सार्वभौमिक अधिकार जनतामा रहेको कुरा गर्दै निमुखा जनतालाई सवतिर अधिकार बिहिन, अवसर बिहिन बनाएको कटु अनुभव उसित छ।विना कुनै दोष र त्रूटी राजनैतिक षड्यन्त्रको कारण इमान्दारीपूर्वक गरिआएको जागीरको पद प्रतिष्ठाबाट आफैलाई मिल्काइएको दुःख पीडाको ज्वाला उसको दिलमा छ।धर्म र सेवा, समानता र न्याय जहा हुन्छ, त्यही सवै वाद र सवै राजनीतिको मूलबादको तत्व र मूल्य समावेस हुन्छ। जहाँ यी कुरा हुँदैन तीसव बाद, नीति, दर्शन जनता ठग्ने सिद्धान्त हुन् भन्ने उसको भनाइ छज्ञ कुनै पनि पेशा ब्यवसाय वा राजनीतिका मान्छेहरूले जीवनमा ूधर्म र सेवा, समानता र न्यायू अवलम्बन गरे देशमा विकास र समाजमा सुब्यवस्था कायम हुने उसको धारणा छ।
मान्छेको जीवन, घर परिवार, समाजमा बसेपछि के के काम पर्छ के केरु ।मन परी वा नपरी साना तिना कामको लागि उसलाई यताउती गइ रहन पर्ने काम त परिरहन्छ नै।सम्पति कर बुझाउन उसलाई आज वडा कार्यालय जानु छ। यो कुरा सम्झिने वितिकै उसको शिर रन्थनिएको छ। उसलाई असजिलो हुन्छ।उसलाई अशान्ति हुन्छ। दिशा पिसाव गर्नपर्ने जस्तो हुन्छ । कहॉ असजिलो कहाँ असजिलो सवतिर असजिलो महसूस गर्छ। जीउ सवै भारी हुन्छ। उ आफू आफैसित झगडा, रीस, क्रोधमा फसेको जस्तो देखिन्छ।
अगुल्टोले पोलेको कुकुर बिजुली देखि तर्सिन्छ भन्ने नेपाली उखान छ। उसलाई आज यस्तै भएको छ। यसको कारण २र४ वर्ष अगाडि पहिलो पटक उ आफनो घरबारीको सम्पति कर बुझाउन यही वडा अफिस गएको थियो। कसैबाट केही लिन पर्ने वा दया माया निगाह पाउनु पर्ने यो काम कुरा नभएको र मुलुकको वफादारी नागरिकको कर्तब्य वमोजिम सरकारलाई तिर्न पर्ने रकम तिर्ने यो साधारण काम भन्ने उसलाई लागेको थियो। कर तिर्नको लागि भर्न पर्ने फाराम भरी आफनो घरबारीको कागत उसले बुझायो। केही समय घण्टामा यो काम हुने उसको आशा थियो।सो काम सोही दिन नहुने कारण साथ सम्बन्धित कर्मचारीले उसलाई २र३ दिन पछि आउनुस् भनेकोले त्यो दिन उ त्यहॉवाट फर्क्यो र अर्को दिन गयो।
उसलाई सुनाई, सुनाई फाइल बुझ्ने कर्मचारीले अर्को कोठामा लगी सहायक कर्मचारीलाई भन्यो ू उहाँ सरको पैसा त निकै आउने देखिन्छ। धेरै आउने देखिन्छ। तैपनि राम्रो हिसाव गरी सकेको हेरिदिनु भनी स्नेह र सदभाव देखाए जस्तो गरी उसलाई पुनः अर्को दिन आउनु भन्यो। उनीहरुले जे भन्यो त्यो मान्ने बाहेक उसित अरु उपाय थिएन। विना कुनै काम त्यो दिन पनि उ फर्क्यो।
यस्तै यस्तै विभिन्न अड्चन र चिप्लो कुराको अनुभव गरी केही दिन पछि एक दिन उ सो कार्यालय पुनः गयो।सो दिन उसको फाइल हेरी शाखाको हाकिम कर्मचारीले सहायक कर्मचारीलाई अलि स्पष्ट गरी भन्यो ूउहॉको त निकै ठूलो रकम आएछ, सके सम्म कम गरी कम रकम आउने हिसाव गरी उहाँ सरलाई धेरै रकम नआउने हिसाव गर्नु न, हामीलाई पनि केही हेरी हाल्नु हुन्छ नी। वरू एक दुई दिन पछि वोलाए पनि हुन्छू । यो कुरा सुनी उसलाई मनमनैमा खूब रीस उठ्यो। तर यो लेनदेन, घूसखोरीको कुरा बुझेर पनि उसले नबुझे जस्तो गरी उनीहरुलाई भन्यो ू नियम कानून स्पष्ट छैन ररु नियम बमोजिम राम्रो हिसाव गरी सकेसम्म चाडो काम सिध्याइ दिनुस् नू।उनीहरुले हुन्छ, हेरूला नी भनी फेरि अर्को दिन आउनु भनी उसलाई फर्कायो।त्यो दिन पनि उसको काम भएन।
त्यसको भोलिपल्ट कोही तेश्रो ब्यक्ति उसको घर आयो।उसले वडा अफिसमा रहेको कर रकमको फाइलको कुरा निकाल्यो।सरले, ती कर्मचारोहरुलाई रु २५००० चिया खर्च दिए हजूरलाई धेरै फायदा हुने भन्ने कुरा निकाल्यो। यसो गरे कर रकममा लाखौ रुपिया कम हुने कुरा गरयो। अन्यथा लाखौ रुपिया बढी रकम लाग्न जान्छ, यसो किन हुन दिनु भन्ने अर्ति पनि दियो।। यो कुरा सुनी उसलाई कम रीस उठेन। यो मुलुकको सरकारको भ्रष्ट शासनको यो उदाङ्गो रूप देखी कम विद्रोह चलेन। तर पनि उसले मनमा रहेको क्रोधको ज्वाला मनमै राख्यो। नियम वमोजिम जे गर्नुपर्छ गरी छिटो काम गरिदिनुस भनी अफिसमा भनेर आइसकेको कुरा सुनाई उसले त्यो व्यक्तिलाई विदा गरयो। यो उसको लागि कम दुःखदायी र चिन्ताको बिषय थिएन। मुलुकको गए गुज्रेको कुशासनको वातावरणमा यस बिषय गुनासो गर्ने वाटो उसले देखेन। यसको भोलि पल्ट वडा कार्यलय जादा आफनो घुसखोरीको स्वार्थ पुरा नभएको रीसमा मालपोत तिरेको अघिल्लो सालको रसीद हुदॉ हुदै पुराना पुराना सवै रसीद चाहिने भन्ने निहुँ खोजे । पुराना रसीद नभएको भनी विना प्रचलनको नियम तेर्स्याई पहिले तिरी सकेको मालपोत समेतको विसौ हजार रकम थपी झण्डै झण्डै पाँच लाख सम्पतिकर बिवरण तेर्स्यायो। आफू यो देशको एक निसहाय नागरिक भएको वास्तविकता सम्झी विना कुनै बादबिवाद उसले विवरण बमोजिमको रकम भुक्तानी गरयो।यो निन्दनीय अन्याय अत्याचारको घटना उसको दिलमा एक नविर्सने घाउको रूपमा छ। यो असहय अत्याचारको सम्झनाले यसैले उ वडा अफिस सम्झिने वितिक्कै तर्सिन्छक्ष्
मालपोत कार्यालय, नापी कार्यालय सम्बन्धमा भने यो भन्दा धेरै नमिठो र तीतो अनुभव उसको दिलमा छ।यी कार्यालयहरु उसलाई अनाचार र भ्रष्टाचारको मोटा मोटा कीरामात्र बस्ने, हुर्कने केन्द्र जस्तै लाग्छ। यहाका कुनाकुनामा रहेका जनता चुस्ने डस्ने कीराहरु उसले देखेको छ।
उसको सानो कार छ। यसको कर तिर्न उ प्रत्येक बर्ष यातायात कार्यालय जान्छ। कर रकम तिर्न अघि विमा दस्तुर तिर्न पर्ने हुँदा पहिले उ विमा कार्यालय पस्छ।त्यहाँ कोही ब्यक्तिले उसलाई भन्छ।ूकर तिर्ने ठाउँमा लामो लाइन छ। हजूरलाई आफै तिर्न गाह्रो हुन्छ। पाँच सय रुपिया बढी दिनुभए म छिटो तिरी ल्याउँछु। हजूर यही वस्नु भएहुन्छ। हाम्रो त्यहाँ मान्छे छू।
पर्दैन म आफै तिर्छु भनी उ विमा तिरेको कागत लिई कर कार्यालय जान्छक्ष् त्यहा बैङ्कको भौचर भरी वैङ्कको पैसा तिर्ने झयाल देखि कर कार्यालयको २र३ झ्यालमा एक पछि अर्को लाइनमा बस्दै काम सिध्याउँदै जान्छ। वाहिर लाइनमा वस्नेको एकको काम गरी भित्र बिचौलिया मार्फत गएको कागजातको १० जनाको काम गरी लाइनमा वस्नेले यसरी घण्टौ कुर्न पर्ने उ अनुभव गर्छ। यहाँ पनि उसले रीसउठदो अनियमितता आफ्नै आँखाले देख्छ।
तीन दशक अघि देखि उसको देशमा लोकतन्त्र र गणतन्त्रको व्यवस्था छ।शोषणरहित समाज, पूर्ण प्रजातान्त्रिक अधिकार र सुशासनको नारा लगाउने दलहरूको देशमा सरकार छ।उनीहरू देशमा सुब्यवस्था, सुशासन र उल्लेखनीय बिकास भएको गौरव गर्छन्।हुन पनि केही दशक अघि सम्म विहान एक छाक बल्ल खाई वेलुकाको खाना पाउने हो कि होइन भन्ने स्थितिका काठमाडौका डेरामा वस्ने कतियय धेरै महानुभावहरू अहिले दलका नेता मात्र होइनन्, देशका प्रधानमन्त्री, मन्त्री वनिसकेका छन्। ठूल ठूला महल र महङ्गा महङ्गा कारका मालिक भएका छ्न। ठूलठूला भ्रस्टाचार काण्डहरू प्रकाशमा आएपनि यिनीहरुलाई ऐन, कानूनले छुदैनन्।यसैले उनीहरुका लागि देशमा सुव्यवस्था,सुशासन र बिकास त ससारमा कही नभए जस्तै भएको हो भन्नुमा कुनै शङ्का छैन।कुरा यस्तो भएपनि उ भने उसको देश हर हिसावले जीर्ण भएको, साधारण जनता झन झन गरीब मात्र होइन कङ्गाल भएको, देशमा शान्तिसित बाँच्ने स्थिति नभएको, देशमा लोकतन्त्र होइन भ्रष्टाचारीतन्त्र, मनपरीतन्त्र, दलतन्त्र, नेतातन्त्र र तिनका आसेपासेहरुको तानासाहीतन्त्र मात्र रहेको अनुभव गर्छ।
यसै सन्दर्भमा विवश आफनो केही जमीनको समस्या सम्झिन थाल्छ। आफ्नै अहिले बसोवास गरेको घरठाउँको केही टाढा उसको केही जमीन छ। अलि वर्ष अगाडि सो जमीनको गोविन्द नामको पूर्व मोहीले उसलाई विनम्रतापूर्वक अनुरोध गरयो।सर१ूभूइचालोले मेरो घर पनि भत्क्यो।हजूरको जमीनमा सानो टहरो बनाइ अलि समयको लागि वस्न पऱ्योू।यस्तो स्थितिमा मान्छेलाई कसरी हुदैन भन्नुरु भन्ने विवशलाई लाग्यो। खुशी साथ उसले भन्यो(ूतिमीलाई परेको वेला सकेको मदत गर्नु त मेरो कर्तब्यनै हो।के भयो र मेरो भएको खाली ठाउँमा वस्न।हुन्छ , आनन्दले वस्नुू।
गोविन्दको भत्केको घर बनी सो घरमा उ सरेको पनि धेरै भइसक्यो।तर उसले टहरो भत्काइ लगेको छैन। टहरो भत्काइ किन नलगेको भनी उ बेलावखत गोविन्दलाई सोध्छ।गोविन्दले हुन्छ,हुन्छ भन्दै गर्छ।तर लादैन।विवशले दायॉवायाँका मान्छेहरुवाट गाइगुइ कुरा सुन्दैछ। यही टहरोको अत्तो थापी मुलुकमा चलेको हुलतन्त्र, हुल्याहातन्त्रको डरत्रास देखाई उ बाट केही नगद, जिन्सी हात पार्ने गोविन्दको सूर छ। मुलुकमा राजनैतिक दलहरुका सुरक्षा निकायका रूपमा स्थापित युवासंघ, वाइ सी एल आदिको दलवल देखाउने गोविन्दको सुर छ। गरीव,निसहाय भनी मदत गर्दा आज उसलाई यो झमेला आइपरेको छ।होम गर्दा हात जल्ने नेपाली उखान जस्तै उसलाई भएको छ। यो कामको लागि जिल्ला कार्यालय, वडा कार्यालय वा प्रहरी कार्यालय कही उसलाई जानु छ। तर मुलुकमा विद्यमान आजको अव्यवस्था, वेथिति,कुशासन, अनियमितता, भ्रष्टाचार, न्याय विहिनता, दलतन्त्र र हुलतन्त्र, दवाव प्रभावको कारण कही उजुरी दर्ता गर्न जादा समस्या झन बल्झिई अशान्तिमा जीवन पर्ने हो कि रु भन्ने डरले यो कुरा नचलाइ उ बसेको छ। यस्तै यस्तै कुरा सम्झी विवशलाई आफ्नै मुलुकमा बॉच्न सजिलो लाग्दैन।यो देशमा सुव्यवस्था र न्याय निसाफ सम्मको आशा गर्दा गर्दै उ जीवनको उतरार्धमा पुगेको छ।हालै भएको जेन जीको भयङ्कर विद्रोहले पनि कुनै पनि नेताको ज्ञानग्रन्थीमा सत्य देख्ने संस्कार र ज्ञान नउदाएको देख्दा यो देशको यस्तै स्थिति अझै असिमित समय र वर्ष सम्म रहन सक्ने कुराले विवश शर्मा ठूलो चिन्तामा डुवेको छ।


