
अन्तरिम सरकारकाे प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेसँगै आज मन्त्रिपरिषद् विस्तार गर्न लागिएकाे हाे ।
सरकारमा थपिने चार जना मन्त्रीहरुको आजै शपथ ग्रहणको तयारी गरिएकाे छ भने नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार थपिने चारै जनाको नाम प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको बताइएको छ । शपथ ग्रहणको समय भने राष्ट्रपति कार्यालयले केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ ।


