Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

मुस्ताङमा चौंरीको ताजा रगत र नेपाल र नेपालीको नियति

१९ मंगलबार , कार्तिक २०८२एक दिन अगाडि

मुस्ताङमा चौंरीको ताजा रगत
र नेपाल र नेपालीको नियति

बनौषधि, जरीबुटी खाएका चौंरीको आलो रगत पिउन नेपालीमात्र होइन, भारतबाट पनि हजारौं व्यक्तिहरू पुग्ने गर्छन् । कारण चौंरीको आलो तातो रगत खाएपछि शरीरमा भएका अनेक रोगव्याधिहरू निको हुन्छ, व्यक्तिमा ताजगीपन आउँछ, निरोगी भइन्छ ।
चौंरीको तातो रागत पिउनका लागि मेला नै लाग्नेगरेको छ । गिलासको २ सय देखि ५ सयसम्म तिरेर मानिसहरू जिउँदो चौंरीको तातो रगत पिएर आफू निरोगी बन्नेक्रम हिजो थियो, आज पनि जारी छ । कुनै पनि पशुविज्ञ, पशुअधिकारकर्मी यसविषयमा बोल्दैनन्, किनकि मुस्ताङ टाढा छ, मुस्ताङबारे बोले के हुन्छ ?
चौंरीको रगत पिउने मुस्ताङमा लाग्ने मानिसको मेलामा चौंरीको रातो, तातो रगतको मूल्य छ, चौंरीको छैन । चौंरीका मालिकले पैसा कमाउँछन्, चौंरीको काम उही भारी बोक्ने हो ।
नेपालको बहुदल यस्तै थियो, लोकतन्त्र पनि त्यस्तै भयो । जेनजी पुस्ताको आन्दोलनले देश र जनताको रगत पिउनेको दोहोलो काढे । तर मालिकहरू चेतेका छैनन् । मुलुक र मुलुकबासीलाई चौंरीकै नियतिमा राखेर रगत पिउने कला देखाइरहेकै छन् । यो पद्धतिका अगुवाहरू भ्रष्टाचार, कूशासन, कूविचार, कूसंस्कार पिएर तन्दुरूस्त हुन भएका छन् । लोकको रगतपसिनालाई भ्रष्टाचार–रस बनाएर पिउने र तन्दुरूस्त हुने शासन प्रशासन र सत्ताको करिडरमा बाक्लै देखिन्छन् । यिनीहरूलाई अब चेताउने र दण्ड दिने कसले ? जेनजी पुस्ता तातेको थियो, २७ घण्टामा विश्व समाचार बन्यो, सिङ्गो नेपाल कब्जामा लिन सफल भयो । तर त्यो सफलता कायम हुन सकेको छैन ।   – डा.विनिता