Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आधारातमा के हुन्छ बालेनलाई ?

२० बुधबार , कार्तिक २०८२९ घण्टा अगाडि

आधारातमा के हुन्छ बालेनलाई ?

भारत, चीन, अमेरिका र राजनीति दलहरू कांग्रेस, एमाले, माओवादी, रास्वपप्रति गत शनिवार अस्लिल, असभ्य र अशोभनीय स्टाटस लेखेको विषय चर्चामा छ । यो स्टाटस बालेनले लेखेको हो अथवा बालेनको साख गिराउन फेक बनाइएको हो, स्पष्ट छैन । तर एमालेका सूर्य थापाहरूले उनलाई पक्राउ गर्नुपर्ने बताएपछि संशय बढाएको छ । स्वयम बालेनले मैले यो लेखेको भए केसम्म हुनसक्थ्यो ? भन्छन् । विश्लेषक भन्छन्– यो स्टाटसको अन्तर्य भनेको तिमीहरू मिलेर पनि केही गर्न सकेनौं भन्ने हो ।
यो स्टाटस केही समय देखाप¥यो र मेटाइयो । राजनीतिक रूपमा यो स्टाटस देखा परेपछि बालेनको चर्को आलोचना भइरहेको छ । एक मन्त्रीले त सर्को तानेको बेला जे पाए त्यो नलेखौं भनेका छन् । बालेन स्टाटस राजनीति गर्छन् र उनी स्टाटसमा निकै सशक्त देखिदै आएका छन् । यसकारण पनि यो स्टाटस उनले लेखेको अनुमान धेरैले गरेका छन् । भनिन्छ, छानबिन हुँदैछ । प्रष्ट हुनेछ । उनीमाथि सिंहदरवार जलाउन र जेनजीलाई उक्साउने स्टाटस लेखेको उजुरी परेको छ । यद्यपि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह धेरैले मनपराउने मेयर हुन् । उनी पार्टी खोल्न लागिपरेको समाचार पनि आइरहेको छ ।