Advertisement Banner
Advertisement Banner

२३ शनिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

काठमाडौंमा विप्लव नेतृत्वको नेकपाकाे प्रदर्शन र सभा

२१ बिहिबार , कार्तिक २०८२२ दिन अगाडि

काठमाडौंमा विप्लव नेतृत्वको नेकपाकाे प्रदर्शन र सभा

आज काठमाडौंमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले  प्रदर्शन र सभा गर्दैछ । दिउँसो १ बजे भृकुटीमण्डमा आयोजना हुने सभालाई पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने तयारी रहेकाे छ ।

देशमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्न तथा आम जनतामाझ पुर्‍याउन सभा गर्न लागिएको नेकपाले जनाएको छ । सभा अगाडि विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी रहेकाे छ ।

आजकाे कार्यक्रममा काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतार्ने तयारी छ भने कार्यक्रममा १० हजार बढीको संख्यामा कार्यकर्ता उतार्ने दाबी गरिएको छ ।