Advertisement Banner
Advertisement Banner

२५ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

२५ सोमबार , कार्तिक २०८२११ घण्टा अगाडि

मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् । हिँजाे आइतबार बेलुका यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।  

मुख्यमन्त्री नियुक्त भएका यादवलाई आज बिहानै बर्दिबासस्थित एक होटलमा मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शपथ ग्रहण गराएकी छन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठूलो दलको हैसियतमा मधेश प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री यादव सहित अन्य तीन मन्त्रीले पनि केहीबेरअघि प्रदेशप्रमुखबाट शपथ खाएका छन् । प्रदेशप्रमुख बिरामी भएर काठमाडौँ जान लागेकाले हतारहतार होटलमै शपथ लिएकाे मुख्यमन्त्री यादवले जनाएका छन् ।

यसअघि प्रदेश सभाबाट विश्वासको मत नपाउने भएपछि जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।