
गएराति मधेश प्रदेशकाे मुख्यमन्त्री नियुक्ति गरिएकाे विषयलाई लिएर प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका समूहले प्रदेश प्रमुखको कार्यकक्षमा तोडफोड गरेका हुन् ।
मधेश प्रदेशकाे मुख्यमन्त्री नियुक्तिलाई लिएर उत्पन्न विवादका बीच प्रदेश प्रमुखको विराेधमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतका दलका प्रदेश सांसद र कार्यकर्ताहरू उत्रिएका छन् ।
अहिले पनि कार्यालय अगाडि नाराबाजी गरिरहेका प्रदर्शनकारीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड र गमलासहितका सामग्री तोडफोड गरेका छन् । अस्वस्थ भएर उपचारका लागि काठमाडौँ पुगेकी प्रदेश प्रमुख भण्डारीले हिँजाे एमालेका सरोजकुमार यादवलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।


