
एमालेभित्र केपी ओली निर्विकल्प नेता स्थापित हुने रणनीतिमा छन् । यसका लागि महाधिवेशनबाटै स्थापित हुन मात्र होइन, चुनाव बिफल बनाउने र अदालतबाट संसद पुनस्र्थापना गराउनेतिर पनि ओली कस्सिएर लागेका छन् । एमालेभित्रका केही नेताहरूले नेतृत्व पुस्तान्तरण गर्न उठाएको आवाज समन गर्दै ओली र ओली पक्षका नेताहरू कम्मरकसेर अहिलेको स्थितिमा ओलीको बिकल्प नभएको दावी गरिरहेका छन् । विद्या भण्डारीलाई एमालेको भावी अध्यक्ष बनाउनुपर्छ भन्ने आवाजलाई पनि ओलीले दबाइदिएका छन् । सदस्यता नविकरण समेत के हुने हो, विद्या भण्डारीले चालै नपाएको बताइन्छ ।
काठमाडौं, केन्द्रीय समितिमा आफ्नो बहुमत भएकाले अध्यक्ष केपी ओलीले सिङ्गो एमालेले सुन्नेगरी भनिदिए– निर्णय होस्, म अहिले नै अध्यक्ष छाडिदिन्छु । अन्यथा एमालेको बिधि र पद्धति जे छ, त्यहीअनुसार हुन्छ, मैले भनिसकेको छु । अर्थात्, अष्टलक्ष्मी शाक्य लगायतका केही नेताहरूले अध्यक्ष पद छाड्नुपर्ने जुन आवाज उठाएका थिए, त्यसलाई केपी ओलीले खारेजमात्र गरिदिएनन्, आफ्ना पक्षमा सुदूरपश्चिमका केन्द्रीय सदस्य लेखराज भट्टबाट भन्न लगाए–ओली नै भावी अध्यक्ष र प्रधानमन्त्री ।
केही केन्द्री सदसयबाट ओलीले एमालेमात्र होइन, सिङ्गो राजनीतिक पङ्तिले सुन्ने गरी भन्न लगाएका छन्– यो विषम परिस्थितिमा ओलीको बिकल्प छैन, ओली सक्षम छन्, परिपक्व छन् ।्
एमाले जनप्रदर्शनको तैयारी गरिरहेको छ, संसद पुनस्र्थापनाको माग अघि सारिरहेको छ भने कांग्रेस पनि स्पष्ट हुन सकेको छैन । ओलीको राजनीतिक दाउपेच पार्टीको अध्यक्ष आफै बन्ने र संसद पुनस्र्थापनाको निर्णय गराएर आफै प्रधानमन्त्री बन्ने छ । यसैका लागि केपी ओली जब्बर बनेर देखा परेका छन् र सुरक्षाको प्रत्याभूत नभएको र यो असंवैधानिक सरकारले गरेको चुनाव हुनैसक्दैन भनिरहेका छन् । नेपालको राजनीति झन पेचिलो बन्दै गएको छ, चुनावी वातावरण खलबलिन थालेको छ ।
एमालेको चुनापप्रति आपत्ति छ, २ हजारभन्दा धेरै प्रहरीका हतियार खोसिएका छन्, १२ सय हतियार र एक लाख भन्दा बढी गोली हराएका छन् । प्रहरीको मनोवल गिरेको छ, अपराधको खतरा छ, यो स्थितिमा कसरी निर्वाचन हुनसक्छ र ? निर्वाचन गराउन प्रमुख निर्वाचन आयुक्त पनि खाली छ । संसद बिघटन हुनै सक्दैनथ्यो, गरियो, असंवैधानिक सरकारले चुनाव गराउनै सक्दैन । यी सबै भदौ २३ र २४ गतेका अपराधी हुन्, अपराधी पनि आफै, चलाउने पनि आफै । यो तमासा नभए के हो ?
स्कुले डे«स र पिठ्यूमा पुस्तकको झोला बोकेका बालबालिका मारेको प्रति तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई कुनै ग्लानीवोध छैन । बरू ओलीले भनेका छन्– बिध्वंश निम्त्याउन षडयन्त्र गरियो । जेनजीहरू सुशासन र भ्रष्टाचारविरूद्ध आन्दोलन गर्ने भनेर बिध्वंश कसले छिरायो, गरायो ? सुदन गुरूङ, टिओवीप्रति पनि एमालेपंक्तिले षडयन्त्रको गन्ध सुँघेको छ । यसैवीच ओलीले स्पष्ट पारेका छन्– नीति विधिको बारेमा गोदावरी विधान महाधिवेशनबाट मार्ग प्रशस्त पारिसकेको छ, अब महाधिवेशनको तीव्र तयारी रहेको भइरहेको छ । केपी ओलीले उमेर हदलगायतका बार बन्देज हटाइसकेका छन्, ११औं अधिवेशनबाट एकपल्ट फेरि अध्यक्ष बन्ने राजमार्ग तैयार पारिसकेका छन् । एमालेभित्र नेतृत्व परिवर्तन र युवा समूहले उचित नेतृत्वको अवसर पाउनुपर्ने आवाज तीब्र रूपमा उठे पनि ती सबै आवाजलाई अध्यक्ष ओली समूहले पेलेरै लाने नीति अख्तियार गरेको छ । अझ प्रचण्डले बनाएको नेकपाबाट असन्तुष्टहरू समेत घर फर्कन थालेकाले अध्यक्ष ओलीले आफूलाई पार्टीभित्र र बाहिर झन शक्तिशाली ठान्न थालेका छन् । ओली समूहका नेताहरू एकस्वरले भन्न थालेका छन्– एमाले कमजोर छैन । हिंसा भड्काउने र देश सक्याउनेहरूलाई छुट दिइने छैन, विकास, सुशासन र समृद्धिको लागि एमाले झन सशक्त भएर अघि बढ्नेछ । राष्ट्रियता र सार्वभौमिकतामा आँच आउन दिनेछैन ।


