
३०५ मिलियन डलर लागतमा बनेको पोखरा र ७६ मिलियन डलर खर्च गरेर बनेको भैरहवा अन्तर्राष्ट्रिय एयरपोर्ट बैकल्पिक एयरपोर्ट नभएर कमिशनका लागि बनाइएको रहेछ भन्ने कात्तिक २२ गते प्रष्ट भएको छ । त्रिभुवन विमानस्थलको विद्युत सट भएर आपातकालीन अवस्था प¥यो, नेपाल आएका अन्तर्राष्ट्रिय उडानहरू पोखरा वा भैरहवा डाइभर्ट गरिएनन्, सबै उडान दिल्लीतिर डाइभर्ट गरियो । पोखरा र भैरहवाका एयरपोर्ट काम लागेन । सामान्य वा आपातकालीन स्थितिमा अन्तर्राष्ट्रिय विमान लेण्डिङ हुन नसक्ने भएपछि ती एयरपोर्टको के काम आयो ? चीन, एपेक र एडिवीको ऋण तिर्न किन सकिएन, ती एयरपोर्टहरूमा अन्तर्राष्ट्रि उडान किन भएनन् ? सबै सम्भाव्यता अध्ययन नगरीकन कमिशन खान र पर्याप्त भ्रष्टाचार गर्न ती एयरपोर्ट निर्माण भएका रहेछन् भन्ने कुरा खुल्यो । तर अख्तियारमा परेका भ्रष्टाचारका दर्जनौं उजुरीहरू अख्तियारले किन दबाएर राख्यो ? त्यस्तो अख्तियार कि पालिरहने ?
पोखरा र भैरहवाका एयरपोर्टलाई राष्ट्रिय गौरवका योजना भन्नेहरू पटक पटक सत्तामा पुगे । अहिले पनि सत्ताकै लागि मरिहत्ते गरिरहेका छन् । कमिशन, दलालीले देशलाई डुबाएको यो दृश्य टीठलाग्दो छ । तैपनि को को जिम्मेवार छन्, तिनीहरूलाई अनुसन्धानको दायरामा ल्याउने आवाज उठने ।
भर्खरै प्रम सुशीला कार्कीले घूसखोरी, कमिशनखोरी सह्य हुनेछैन भनेर भाषण ठोकेको सुनियो । कुराले केही पाक्दैन भन्ने साबित भएन र ?


