Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

नेपाल ट्रस्टमा भ्रष्टाचारको पहिरो

२६ मंगलबार , कार्तिक २०८२२ दिन अगाडि

नेपाल ट्रस्टमा भ्रष्टाचारको पहिरो

पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ परेपछि नेपाल ट्रस्टको जग्गा प्रकरणमा पहिरो जान थालेको छ । अख्तियारले राजनीतिक दबाबमा ट्रस्टको जग्गा प्रकरणका उजुरी दमपच पारेपछि सीआइवी सकृय भएको हो । सीआइवीले नेपाल ट्रस्टको सम्पत्ति के कसरी र कस कसले हिनामिना पारे भन्ने विषयमा रौंचिरा अनुसन्धान गरिरहेको छ । समय समयमा ट्रस्टका सम्पत्ति भाडामा दिंदा तत्कालीन प्रधानमन्त्री केपी ओली, अध्यक्ष शक्ति बस्नेत र प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष विमलेन्द्र निधि रहेकाले छानबिनको दायरमा परेका छन् ।
ठगी मामिलामा थामसेर्कु ट्रेकिङ, यति समूह पनि तानिएको छ । सम्पत्ति भाडामा दिंदा बदनियत राखेको, दीर्घकालीन असर पारेको आरोप छ । अन्य भ्रष्टाचारका फाइलहरू पनि धमाधम खोलिने तैयारीमा रहेका छन् । चुनाव सफल पार्नका लागि कसैमाथि कारवाही नगर्ने र कुनै फाइल खोल्न नहुने तर्क गरिदैछ । कांग्रेस, एमाले र माओवादी चुनाव हुँदैन भन्नुको अन्तर्य यही मानिएको छ ।