
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मधेस प्रदेशकाे प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को हिँजाे कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपति पौडेलले
प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
हिँजाे साँझ बसेकाे मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशकाे मुख्यमन्त्री नियुक्तीकाे विषयलाई लिएर सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।


