
२०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा लगायतका पार्टीहरू मिलेर बनेकाे समाजवादी मोर्चाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाहिरिएकाे छ । माओवादी र एकीकृत समाजवादीबीच एकता भएपछि औचत्य सकिएको भन्दै ‘विप्लव’ नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट बाहिरिएकाे हाे ।
अाज एक विज्ञप्ति जारी गर्दै विप्लवले माओवादी र एकीकृत समाजवादीबीच एकता भएपछि समाजवादी मोर्चाकाे औचत्य सकिएको भन्दै आफूहरु अलग भएको घोषणा गरेका हुन् ।
यसअघि राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ २०८० सालमा नेपालका चार पार्टी सहभागी भएर समाजवादी मोर्चा निर्माण भएको थियो । उक्त मोर्चा गठन भएपछि केही महत्वपूर्ण कार्यक्रम समेत गरेको विप्लवले बताएका छन् ।
यसअघि माेर्चामा सहभागि चार पार्टी मध्ये उपेन्द्र यादव नेतृत्वको जसपा समाजवादी मोर्चाबाट अलग भइसकेको थियो । हालै मात्र मोर्चाका दुई मुख्य घटक माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरूबीच पार्टी एकता भई ‘नेपाली कम्युनिष्ट पार्टी’ को निर्माण भइसकेको छ । बदलिँदो राजनीतिक परिदृश्यमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको ठहर सहित आफूहरू मोर्चाबाट अलग भएको विप्लवले जानकारी गराएका छन् ।


