
हरेक पार्टीभित्र चीन छ । हरेक पार्टीका मान्छे चीन भ्रमण गरिरहेका छन् । चनीले नेपालका नीतिनिर्मातादेखि ओपेनियन क्रियटरसम्मका हजारौंलाई वर्षेनी चीन भ्रमण गराइरहेको छ । नेपालीलाई भ्रमण गराउँदा चीनको अरवौं खर्च भइरहेको छ । आखिर किन ?
चीन पार्टीस्तरमा, जनस्तरमा, प्रशासनस्तरमा, कूटनीतिक स्तरमा आफै प्रवेश गर्दैछ । नेपालको एक चीन नीतिप्रति चीन विश्वस्त छैन । कतिपय नेताहरू दलाई लामा, अमेरिकासँग नजिकिएकोमा पनि चीन सशंकित छ । चीनले आफ्ना सहयोगीहरूलाई पर्याप्त स्रोत जुटाएर चीनप्रतिको नकारात्मक भावनालाई सफा गरिरहेको पनि देखिन्छ ।
यसअघिको माओवादी कांग्रेस, एमाले कांग्रेस सरकारको कूटनीतिमा स्थिरता देखिएन । कहिले दक्षिणतिर र कहिले पश्चिमतिर ढल्केको देखियो । दक्षिणले त एमाले–कांग्रेस सरकारलाई चीन कार्ड खेलेको आरोपै लगाएको थियो । खासगरी केपी ओली चारपल्ट प्रधानमन्त्री बने, चारैपल्ट चीनको काखमा लुटपुटिएको र पछिल्लोपल्ट चीनकी महिला राजदूतमाथि असंसदीय भाषामा पश्चिमा मिडियाले उडाउनु उडाएका थिए । भारो–पश्चिमालाई ओली फाल्नैपर्ने बाध्यता आइपरेको थियो । देशभित्र भ्रष्टाचार, नेपोटिजम र नेपोबेबीइजमको महामारी यसरी फैलिएको थियो कि युवादेखि बृद्धसम्म सबै यी शासक र यो पद्धतिप्रति घृणा गर्न थालेका थिए ।
नभन्दै गत भदौ २३ र २४ गते जेनजी पुस्ताले यस्तो आन्दोलन गरिदिएका कि यो बिद्रोहमा रूपान्तरण हुनपुग्यो । सत्ताले मदमत्त भएको, उचित अनुचितको भेद थाहा पाउन नसकेको एमाले कांग्रेसको सरकारले स्कूले बालबालिकामाथि अन्धाधुन्ध गोली प्रहार ग¥यो, ७६ जनाको हत्या नै गरिदियो । यो आक्रोशमा आगो भएका बिद्रोहीले २७ घण्टामा सत्ता नै पल्टाइदिए । संविधान, संसद, सरकार सबै फाँडिदिए । भ्रष्टाचार र अपराधिकरणले मदमत्त भएकाहरू आत्तिए, भागे, लुके । सेनाले तिनको ज्यान बचाइदियो । तर कांग्रेस सभापति देउवामाथि त सांघातिक हमला नै भयो । धेरै नेताको सम्पत्ति र राष्ट्रिय सम्पदाहरू खरानी हुनपुगे । राजनीति सुनामी आयो, सखाप पारेर गयो ।
त्यसको प्रभाव नेपालका दुबै छिमेकमा पनि प¥यो । दुबै छिमेकले सीमामा कडा सुरक्षानीति अपनाएका छन् । नेपाल अस्थिरता र अराजकताका कारण के हुने हो भन्न सकिने स्थितिमा छैन । यद्यपि आगामी फागुन २१ गते आमचुनाव घोषणा गरिएको छ । यो चुनावमा भाग लिने तैयार अरू दलहरूले गरे पनि एमाले चुनाव हुँदैन भनिरहेको छ । सडक आन्दोलनको शंख फुक्दैछ । अदालत पुगेको छ र संसद पुनस्र्थापना हुन्छ, एमालेकै नेतृत्वमा सरकार बन्छ भनिरहेको छ ।
नेपालको अदालत भन्न सकिन्न, कस्तो निर्णय गर्ने हो । खरानी भएको सर्वोच्च अदालत पालभित्र चलिरहेको छ र पालभित्रबाट आउने निर्णय नेपालको अग्रगमन र पश्चगमनको मार्ग तय गर्नेछ । चुनाव भए स्थिरताको आशा छ, चुनाव नभए जे पनि हुनसक्छ, मरेको संविधान र संसदलाई अदालतले अमृत छर्केर ब्यूँताइदियो भने नेपाल गृहयुद्धमा फस्ने जोखिम बढी छ । किनकि जेनजी पुस्ता परिवर्तनका पक्षमा छन्, नेतृत्वको पुस्तान्तरणको पक्षमा छन्, भ्रष्टाचारको अन्त र सुशासनको पक्षमा छन् । यथास्थितिमा फर्कन सकिन्न भनेर जेनजी पुस्ता खबरदार गरिरहेका छन् ।
उता भदौ २३ र २४ मा जेनजीमाथि राज्यदमन र हत्याकाण्ड, रक्तपातको विषयमा अन्तर्राष्ट्रिय समुदाय आँखा गडाएर हेरिरहेको छ । देश उज्यालो खोजिरहेको छ, नेताहरू अन्धकारकै पक्षमा उभिएका छन्, जुन दुर्भाग्य हो ।
२०७८ को आमनिर्वाचनमा ठूलो पार्टी बन्यो नेपाली कांग्रेस । दोस्रो एमाले र तेश्रो माओवादी । यति हुँदा पनि कांग्रेसले सरकारको नेतृत्वको दावी गर्न सकेन । कहिले माओवादी, कहिले एमालेको फेर समातेर सत्ताको रस चुसिरह्यो । त्यो चुनावमा प्रजातन्त्रवादी कांग्रेसले माओवादीको हँसिया हथौडामा समेत भोट हाले । नीति, नैतिकता, सिद्धान्तको सबै हद पार गरेकाले पनि कांग्रेस भ्रष्टाचारको पक्षधर बनिरह्यो । वीपीको नीतिमा अडेको भए कांग्रेसको यस्तो कन्तबिजोग हुने थिएन । कांग्रेसभित्र न वीपी छन्, न वीपीको नीति । कांग्रेसभित्र कम्युनिष्ट गनाइरहेको छ ।
इतिहास हेरौं, २०१५ सालको निर्वाचनमा १०९ सिटमा ७४ सिट जितेर दुई तिहाइको सरकार प्रमुख बने वीपी कोइराला । त्यति नै बेला खम्पाहरूको चीनविरोधी गतिविधि बढ्न थाल्यो । व्यापक रूपमा तिबेतियनहरू नेपाल पस्न थालेका थिए । मुस्ताङ लगायतका आफ्नो सीमा क्षेत्रमा चिनियाँ सैनिक गतिविधि बढ्दै गएको थियो । झट्का लाग्ने खबर आयो– चिनियाँ सेनाले सीमामा बमप्रसाद लगायतका ३ जना नेपालीलाई मारिदियो ।
प्रधानमन्त्री वीपी कोइरालाले दिल्ली दूतावासमार्फत चीनसँग आपत्ति जनाए र माफी माँग्नुपर्छ, नेपाललाई क्षतिपूर्तिसमेत दिनुपर्छ भन्ने खबर चीनका प्रधानमन्त्रीलाई पठाए । चीनका राष्ट्रपति र सरकारका तर्फबाट कुनै प्रतिकार नगरी भूल स्वीकारमात्र गरिएन, नेपालसँग माफी माँगियो र त्यतिबेलाको ५० हजार क्षतिपूर्ति दिन चीनले मञ्जुरी जनायो । त्यति नै बेला चीनका बरिष्ठ नेता चाउ एनलाईले भनेका थिए– नेपालसँग रगतको सम्बन्ध छ ।
शासन कांग्रेस सभापति वीपी कोइरालाको, देशव्यापी लूट चलाए कांग्रेसी कार्यकर्ताहरूले । वीपीको शासनकालमा देशको कानुन व्यवस्था लथालिङ्ग हुनथाल्यो र आमनागरिकमा कांग्रेसी आतंक नै फैलियो । अनि बाध्य भएर राजा महेन्द्रले २०१७ साल पुस १ गते नाम प्रजातान्त्रिक, व्यवहार अप्रजातान्त्रिक चरित्रको सरकार अपदस्त गरेर पञ्चायत व्यवस्थाको सुरूआत गरे । यो घटनालाई आज पनि प्रजातन्त्र विरूद्ध राजाको कू भनेर चर्चा गर्ने गरिन्छ ।
नेपालसँग रगतको सम्बन्ध छ भन्ने चाउएनलाईको प्रतिक्रिया आएको केही समयपछि २०१७ सालको राजनीतिक घटना घटेको थियो ।
सत्ता राजा महेन्द्रको हातमा । भारत रिसायो, भारतले नेपालमाथि डरलाग्दो हस्तक्षेप गरेर सैनिक मार्च गर्नसक्ने अवस्था विकसित हुनथाल्यो । धेरै नपढेका तर कूटनीतिक र राजनीतिका चतुर खेलाडी राजा महेन्द्रले चीनलाई यसको संकेत पठाएपछि चीनको प्रतिक्रिया यसरी आयो कि भारतको संंसद हल्लियो । तापक्रम बढायो । चीनले भनेको थियो– ‘यदि कुनै विदेशीले नेपालमाथि हमला गर्छ भने त्यो चीनमाथि हमला गरेको सम्झिइने छ, चीन सँधै सार्वभौमसत्ता सम्पन्न नेपालको पक्षमा उभिने छ ।’ चीनको प्रतिकृयाको प्रतिध्वनी सुनेपछि नेपालविरूद्ध भारतको सैनिक पाइला सैनिक पोष्टमा सिमित हुनपुग्यो र चीनको प्रतिक्रिया भारतीय संसदमा गम्भीर बहसको मुख्य विषय बनेको थियो ।
चीनको त्यही समर्थनको बलमा राजा महेन्द्रको निर्देशन पाएर तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले २००८ सालदेखि २०२७ सालसम्म नेपालको पूर्वी ओलाङचुङगोलादेखि सुदूरपश्चिमको टिङ्करसम्म तैनाथ भारतीय चेकपोष्टलाई हटाउने निर्णय गरे, हटाइदिए । सुरक्षाविद केसरबहादुरको शव्दमा ‘चीनसँगको सीमामा भारतीय फौजी स्टेशन थियो, भारतीय फौजको चेकपोष्ट हटाइदिनुभो, नेपालको सीमामा नेपाली फौज बस्नुपर्छ भन्ने मान्यता स्थापित गर्ने देशभक्त हुन कीर्तिनिधि बिष्ट ।’
त्यो चीन र आजको चीनमा आकाश जमीनको भिन्नता छ । १९७५ मा भारतले सिक्किम खाइदियो । चीनले बिरोध ग¥यो । तीनदशकपछि चीनले त्यही सिक्किमको नाथुलाबाट भारतसँग व्यापार बढायो । सिक्किमको राष्ट्रियताको पक्षमा रहेको चीन, भारतको समर्थनमा पुग्यो ।
राजा वीरेन्द्रले चीनबाट हतियार खरिद गर्दा भारत यसरी रिसायो कि दरवार हत्याकाण्डको प्रमुख कारण त्यही बन्यो । चीनका प्रो.वाङले पुस्तकै लेखेर भने– दरवार हत्याकाण्डमा भारतको हात छ । तर चीनले हत्याकाण्डको विषयमा कुनै टिप्पणी गरेन । १९८५ मा जन्मेको सार्कमा चीनलाई पर्यवेक्षक राख्न राजा ज्ञानेन्द्रले ढाकामा प्रस्ताव गरेपछि भारतले नेपालमा राजतन्त्रको अन्त्य गर्न सघायो । आतंककारीको प्रयोग गरेर गणतन्त्र, धर्मनिरपेक्षता नै घोषणा गराइदियो । चीनले नेपालमा राजा हुँदाहुँदै राष्ट्राध्यक्षको अधिकार लिएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आफ्ना राजदूतको ओहदाको प्रमाणपत्र बुझाउन लगायो । २०१५ मा नेपालको लिपुलेकबाट भारतसँग व्यापार गर्ने सम्झौता राष्ट्रपति सी चिनफिङ्कै सामुन्ने भयो । केही महिना अघि त्यही नेपाली भूभागबाट व्यापार गर्ने थप सम्झाता चीनले भारतसँग गरेको छ । आज लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा भारतको दबदबा छ, चीनसँग व्यापार र पर्यटन बढाउन राजमार्ग खुलेको छ ।
चाउएनलाईले भनेको नेपालसँग रगतको सम्बन्ध भन्ने कुरा आजको चीनले बिर्सेको छ । नेपालका लागि पुरानो चीन र आजको चीनमा ठूलो भिन्नता छ ।
हिजोको चीन नेपालको असल छिमेकीजस्तो थियो, आजको चीन व्यापारीजस्तो लाग्छ । संशय लाग्छ ।
हो, चीनले नेपाललाई, राजतन्त्रलाई, नेपालीलाई धोका दिएकै हो । चीन असल छिमेकी भएको भए राजतन्त्र जाने थिएन, नेपालका भूभाग साबुत रहनेथिए, नेपाल भ्रष्टाचारको पोखरी बन्ने नै थिएन । नेपालमा नाममात्रको लोकतन्त्र छ, लोकतन्त्रमा कतै पनि लोक र राष्ट्र छैन । चीनका कारण नेपालले मूल्य चुकाएको छ ।
दोष चीनको छ । बढी दोष र भूल हाम्रा नेताहरूको छ । राजा फालेर महाराजा त बने तर देशलाई अराजकताको आगोमा झुल्सिन बाध्य पारिदिए । चीनका राजदूतहरू चेंग सियालिङदेखि अहिलेका राजदूत चेन सोङसम्म सबै पिपुल्स भर्डिक भनेर नेपाली राजनीतिलाई हेरिरहेका छन् । नेपालको पिपुल्स भर्डिक भन्ने कुरा मासुभात, खर्चपानीमा आउँछ भन्ने चीनले बुझेको छ । यसरी चुनाव जित्नेहरू पिपुल्स भर्डिकमा होइन, स्वार्थमा चल्छन् भन्ने पनि चीनले बुझेको छ । तर नेपाल अस्तित्वको संकटमा पुगिसक्यो । चीनले गत भदौ २३ र २४ को जेनजी पुस्ताको रक्तपात पनि देखेको छ । प्रश्न छ, यो पिपुल्स भर्डिक हो कि होइन ? हो, बेइजिंगको ग्रेट हलबाट राजा महेन्द्र र माओत्सेतुंगको ठूलो फोटो आज पनि नेपाल चीन सम्बन्धको साक्षी बकिरहेको छ । स्मरणीय के पनि छ भने मुनाफा र अनुकूलता खोज्दै हिंडेको चीनले सिक्किम बिलयलाई ३२ वर्षपछि स्वीकारेर भारतसँग नाथुला नाका खोल्यो र पाकिस्तानको ग्वादरबाट सम्पूर्ण एसियाली राष्ट्रसँग सम्पर्क गर्न ‘विश्वकै ठूलो मेगा प्रोजेक्ट’ सडकमार्ग र कनेक्टिभिटीका लागि बीआरआई नीतिमा अग्रसर छ । नेपाल पनि साथमा छ ।
वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल चीन सम्बन्धको ७०औं उत्सव नेपालमा मनाएका थिए र त्यतिबेला भनेका थिए– नेपाल अव भूजडित राष्ट्र बनाउन र नेपालको समृद्ध गराउन हामी सघाउँछौं । सामथ्र्य नभएरै होला, नेताहरू निर्णयमा उभिन नसकेरै होला, बीआरआई नेपालका लागि ल्हासाको सुन भएको छ ।
चिनफिङसम्मको अभिव्यक्ति सुन्दा र चीनको व्यवहार हेर्दा लाग्छ नेपालमा आफ्नो सुरक्षा सरोकारमात्र छ भनेर चीनले सूचित गरेको हो ।
नेपालका अनेक कठिनाई छन् । ती कठिनतालाई चिर्न चीनले नेपालको हिम्मत र प्रतिरक्षा ताकत बृद्धि अपुग छ । अपरमुस्ताङ्देखि पोखरा र राजधानीमा बढेको चीनविरोधी कृयाकलापबाट चीन त्रस्त छ, त्यो भय समाप्त पार्न नेपाली राजनीतिक इच्छाशक्ति चाहिन्छ, त्यही इच्छाशक्ति चीनको नेपालप्रतिको समर्थन र मैत्रीभावमा बढ्नसक्छ ।



