Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

निर्वाचन आयोगद्वारा दल दर्ताको आह्वान

२९ शुक्रबार , कार्तिक २०८२११ घण्टा अगाडि

निर्वाचन आयोगद्वारा दल दर्ताको आह्वान

निर्वाचन आयोगले माध ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभाका लागि दल दर्ता आह्वान गरेको छ । राष्ट्रिय सभाका लागि मंसिर १ गतेदेखि ७ गतेसम्म र प्रतिनिधिसभाका लागि त्यसका लागि मंसिर १ देखि १० गतेभित्र आयोगले दल दर्ताको आह्वान गरेको हो ।

निर्वाचन आयोगले सूचना जारी गर्दै माध ११ मा हुने राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि तोकिएको समय भित्र दल दर्ता आह्वान गरेको हो । आयोगले आज एक सूचना जारी गर्दै रिक्त हुन लागेका राष्ट्रिय सभा सदस्यका लागि र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको बताइएको छ ।

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ पद रिक्त हुँदैछ भने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको कार्यकाल पनि आउँदो फागुनमा सकिदैछ । रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन गर्ने तय भएको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका मेयररउपमेयर र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता रहनेछन् ।