Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

जनता र देश नाङ्गो पार्दा पनि भ्रष्ट नेताहरूकै पछाडि किन लाग्छन् जनता ?

०३ मंगलबार , मंसिर २०८२१० घण्टा अगाडि

जनता र देश नाङ्गो पार्दा पनि 
भ्रष्ट नेताहरूकै पछाडि किन लाग्छन् जनता ?

हिटलरले भन्दा बढी दुःख दिएका छन् नेताहरूले । तैपनि जनता यिनै पार्टी, यिनै पार्टीका नेताका पछाडि किन लाग्छन् ? किन जनविरोध, देशघातक, नेपोटिजम र नेपोबेबीइजम भनेर मरिहत्ते गर्ने नेताकै जयजयकार गर्छन् जनता ?
विश्लेषकहरूले हिटलरको एक उदाहरण सार्वजनिक गरेर  राजनीतिक बर्ग र जनतालाई यसरी सम्झाउने प्रयत्न गरेका छन् । –
हिटलरले संसदमा एकदिन एउटा जिउँदो भाले लिएर आएछन् र एक एक गर्दै भालेको प्वाँख उखेल्दै गएछन् । भाले पीडाले चिच्याउँदै गयो तर सबै प्वाँख नसकिएसम्म, भाले नाङ्गो नहुन्जेलसम्म हिटलरले प्वाँख उखेल्न छाडेनछन् । भाले नाङ्गै भयो तर जिउँदै थियो । त्यसपछि हिटलरले भालेलाई छाडिदियो र एकदुई दाना मकै चारो भालेका सामुन्ने फालिदियो । भाले मकै खान थाल्यो ।  हिटलर मकै छर्दै गयो । जता जता हिटलर जान्थ्यो, भाले उतै उतै मकै खाँदै पछि लाग्यो । भालेले बिर्सियो कि आफ्नो चिरहरण गर्ने, आफूलाई नाङ्गै हुनेगरी प्वाँख उखेल्ने हिटलरले आफ्नो कल्याण गर्दैनन् भनेर ।
हिटलरले संसदमा बोल्दै भनेका थिए– सभामुख महोदय, बहुदलीय संसदीय व्यवस्थामा नेता र जनताका वीचमा यस्तै सम्बन्ध हुन्छ । जनता र देशलाई पुरै नाङ्गो बनाउँदा पनि नेताका पछि लाग्न जनतारूपी कार्यकर्ता छाड्दैनन् । देश र आफ्नो भलो कुभलो बिर्सेर नेताको जयजयकार गर्न छाड्दैनन् ।
नेपालका सन्दर्भमा २०४६ सालपछिको बहुदलीय व्यवस्था र २०६३ सालपछिको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हिटलर र कुखुराको भालेको सम्बन्ध जस्तै छ । देश नाङ्गियो, जनता नाङ्गिए, नेताहरू नवसम्भ्रान्त, नवसामन्त बने । भ्रष्टाचार र अनियमितता, राजनीतिक अपराधिकरणले देश ब्रम्हनालमा पुगिसक्यो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र बिद्रोहमा ज्यान जोगाएर भागेका नेताहरू फेरि हिटलर बन्दैछन् । तर जनता चेतेनन्, नागरिक समाज चेतेन, हिटलरले फेरि टाउको उठाउन थाल्यो । विश्लेषकहरू भन्छन्– अब नेपाल खरानीबाट उठ्न गाह्रो विषय बनिसक्यो ।